
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौँ, १४ चैत । सत्ता साझेदार दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको बैठकपछि नेपाली काँग्रेसका नेता रमेश लेखकले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल भएर भोलि टुङ्गोमा पुगिनेछ । “बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेश भयो । यसमा विस्तृत छलफल गरेर भोलि प्रर्णता दिने सहमति भएको छ”, नेता लेखकले भन्नुभयो ।
बैठकमा सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश गर्नुभएको थियो । सरकारलाई चाडो भन्दा चाडो पूर्णता दिने विषयमा पनि सामान्य छलफल भएको नेता लेखकले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार चाडै विस्तार गर्नेबारे छलफल भयो, कुरो नमिल्ने केही कुरा छैन, सबै दलहरु अत्यन्त लचिलो हुनुहुन्छ, चाडो सरकार विस्तार गर्ने र गठबन्धनलाई निरन्तरता र दीगो बनाउन सबै दल लचिलो र प्रतिबद्ध हुनुहुन्छ । बैठकमा त्यही किसिमले कुराकानी भएको छ ।”
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमका साथै मन्त्रिमण्डल विस्तार र मन्त्रालय भागबण्डाबारे पनि छलफल भएको र भोलि बिहानको बैठकबाट सबै विषय टुङ्ग्याउने निर्णय भएको जानकारी दिनुभयो । उहाँका अनुसार गठबन्धनको बैठक भोलि बुधबार बिहान पुनः बस्नेछ ।
बैठकमा सत्ता साझेदार दलमा आबद्ध दलका शीर्ष नेताहरू सहभागी हुनुहुन्थ्यो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी हुनुहुन्थ्यो । साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता सहभागी हुनुभएको थियो । -रासस