News Portal

ताजा शिर्षकहरु

प्रमुख समाचार

पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

पोखरा, १ माघ । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । विहान ११ बजेको समयमा काठमाडौंबाट पोखरातर्फ आईरहेको विमान अवतरण हुनु अघि पोखरा–१५, नयाँगाउँमा दुर्घटनामा परेको हो ।

एटीआर–७२ विमानमा कति यात्रु सवार थिए भन्ने अहिले एकिन हुन सकेको छैन । दुर्घटनाग्रस्त विमानमा आगो लागिरहेको छ भने सुरक्षाकर्मीहरु उद्धारमा खटिई सकेका छन् ।

पोखरा महानगरपालिकाको वडा नम्बर ७ र १५ को बीचमा रहेको सेतीको खोँचमा जहाज दुर्घटनामा परेको थियो । सो विमानमा ६८ जना यात्रु रहेका थिए । जहाज खसेको ५ मिनेट लगत्तै आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सो जहाज दुर्घटनामा परेको हो ।