News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

गण्डकी प्रदेशका नवनिर्वाचित सांसदको शपथ ग्रहण आज

पोखरा । गण्डकी प्रदेश सभामा नवनिर्वाचित सांसदले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो १ बजे सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।

६० जना सांसदमध्ये ज्येष्ठ सदस्य नेकपा एमालेका ६५ बर्षीय बस्यालले बाँकी ५९ जना प्रदेश सभा सदस्यलाई बस्यालले आज शपथग्रहण गराउनेछन् । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सांसद रहेका छन् ।
नयाँ सांसदहरूको स्वागतमा प्रदेश सभा भवनलाई सिँगारेर चिटिक्क पारिएको छ । प्रदेश सभा भवनको गेट अगाडि रातो कार्पेट ओछ्याइएको छ ।

नेकपा एमालेका सांसद बस्याल पर्वतको प्रदेश सभा २ बाट निर्वाचित भएका हुन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले हिजो बुधबारै नैं सांसद बस्याललाई शपथ ग्रहण गराई सकेका छन् । प्रदेश प्रमुख गुरुङले यहीँ पुस १८ गते प्रदेश अधिवेशन आह्वान गरिसकेका छन् ।

प्रदेश सभा सचिवालयले शपथ ग्रहण समारोहमा राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाक लगाएर ११ बजे नै उपस्थित हुन सांसदहरुलाई आह्वान गरेको छ । प्रदेश सांसदहरुलाई निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्र साथमै लिएर आउन पनि भनिएको छ ।