
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रोपटक प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री प्रचण्डले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका थिए ।
प्रधानमन्त्री प्रचण्डसहित तीनजनाले उपप्रधानमन्त्रीमा सपथ लिएका छन् । साथै ४ जना मन्त्रीहरुले पनि शपथ लिएका छन् । उपप्रधानमन्त्रीहरुमा नेकपा एमालेका विष्णु पौडेलले अर्थ मन्त्रालय, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
त्यसैगरी, मन्त्रीहरुमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका छन् । त्यसबाहेक करिब १० जनाले शपथको तयारी गरेको भए पनि अन्तिममा भने सात मन्त्रीले मात्रै शपथ लिएका थिए ।
नेकपा एमालेले पौडेलसँगै ज्वाला साह, राजेन्द्रकुमार राई र दामोदर भण्डारीलाई पनि सरकारमा पठाएको छ । उनीहरुमध्ये तीनजनाको शपथ भएको छ तर मन्त्रालय भने पछि टुंगो लगाइने भएको छ । साहले भने ढिलागरी शपथ लिएकी थिइन् ।
राष्ट्रिय जनमत पार्टीका तर्फबाट अब्दुल खानलाई उद्योगमन्त्रीको रुपमा शपथ गराइने तयारी भए पनि अहिले भने विना विभागीय मन्त्रीको रुपमा शपथ गराइएको छ ।
नवगठित मन्त्रिपरिषद्को बैठक आज सोमबार साँझ नैं बस्ने भएको छ । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार आज सोमबार साँझ साढे ६ बजे नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ ।