
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
पोखरा, २ पुस । फौजदारी मुद्दामा सजाय पाई जेलमा रहेका राजनीतिक दलका नेता तथा कार्यकर्तालाई रिहाई गर्ने कानुन बनाउन ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी नगरेको भन्दै पोखरामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विरोध गरेका छन् ।
फौजदारी मुद्दामा सजाय पाई जेलमा रहेका राजनीतिक दलका नेता तथा कार्यकर्तालाई रिहाई गर्ने कानुन बनाउन ल्याइएको अध्यादेश राष्ट्रपति भण्डारीकहाँ सरकारले सिफारिस गरेको थियो । तर चौतर्फी बिरोध भएपछि राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरिसकेकी छैनन् ।
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आज पोखरामा राष्ट्रपति भण्डारीको विरोध गर्दै कोणसभाको आयोजना गरेका छन् । नेकपाको पूर्वनिर्धारित कार्यक्रम अनुसार नै कास्कीमा विरोध प्रदर्शन र कोणसभाको आयोजना गरिएको अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य प्रकाश सी ‘मार्शल’ले जानकारी दिए ।
नेता मार्शलका अनुसार तत्कालिन समयमा नेकपा र केपी शर्मा ओली सरकार बिच भएको ३ बुँदे राजनीतिक सहमति कार्यान्वय गराउन यो अध्यादेश जारी हुनैपर्छ । तर हाल नयाँ सरकार गठनदेखिका विषय जोडेर राजनीतिक मुद्दाहरुलाई ओझेलमा पार्ने काम भएको भन्दै यसका विरुद्धमा आन्दोलन गर्नुपरेको हो ।
पोखराको सिर्जनाचोकमा सम्पन्न भएको कोणसभामा नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटेरी काजी सी, परिवर्तन, कर्ण सी, युवराज सी, कुमार सी र जनबर्गीय संगठनका नेताहरुले अध्यादेश जारी हुनुपर्ने माग राखेका थिए ।