News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

अध्यादेश रोकेको भन्दै कास्कीमा राष्ट्रपति भण्डारीको विरोध

पोखरा, २ पुस । फौजदारी मुद्दामा सजाय पाई जेलमा रहेका राजनीतिक दलका नेता तथा कार्यकर्तालाई रिहाई गर्ने कानुन बनाउन ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले जारी नगरेको भन्दै पोखरामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले विरोध गरेका छन् ।

फौजदारी मुद्दामा सजाय पाई जेलमा रहेका राजनीतिक दलका नेता तथा कार्यकर्तालाई रिहाई गर्ने कानुन बनाउन ल्याइएको अध्यादेश राष्ट्रपति भण्डारीकहाँ सरकारले सिफारिस गरेको थियो । तर चौतर्फी बिरोध भएपछि राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरिसकेकी छैनन् ।

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आज पोखरामा राष्ट्रपति भण्डारीको विरोध गर्दै कोणसभाको आयोजना गरेका छन् । नेकपाको पूर्वनिर्धारित कार्यक्रम अनुसार नै कास्कीमा विरोध प्रदर्शन र कोणसभाको आयोजना गरिएको अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य प्रकाश सी ‘मार्शल’ले जानकारी दिए ।

नेता मार्शलका अनुसार तत्कालिन समयमा नेकपा र केपी शर्मा ओली सरकार बिच भएको ३ बुँदे राजनीतिक सहमति कार्यान्वय गराउन यो अध्यादेश जारी हुनैपर्छ । तर हाल नयाँ सरकार गठनदेखिका विषय जोडेर राजनीतिक मुद्दाहरुलाई ओझेलमा पार्ने काम भएको भन्दै यसका विरुद्धमा आन्दोलन गर्नुपरेको हो ।

पोखराको सिर्जनाचोकमा सम्पन्न भएको कोणसभामा नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटेरी काजी सी, परिवर्तन, कर्ण सी, युवराज सी, कुमार सी र जनबर्गीय संगठनका नेताहरुले अध्यादेश जारी हुनुपर्ने माग राखेका थिए ।

डनन्यूज ट्रेन्डिङ