
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
८किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
लक्ष्मीनारायण साकोसको वार्षिक १० औ वार्षिक साधारण सभा सम्पन्न
लमजुङ, २५ मंसिर । महिलाहरुद्वारा सञ्चालित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साकोसका अध्यक्ष सृजना घिमिरेको अध्यक्षतामा भएको साधारसभाको उद्घाटन प्रदेशसभा सदस्य भेषवहादुर पौडेलले गरेका थिए ।
साधारण सभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य पौडेलले राष्ट्रिय रुपमा नीतिगत कुराहरुलाई केही परिमार्जन गर्नुपर्ने धारणा व्यक्त गर्दै नियमन निकायलाई अलिकति व्यवस्थित गर्नुपर्नेमा जोड दिए । केही सहकारी नीतिनियमलाई दुरुपयोग गर्दै गर्दा तथा आफू अनुकुलको काम गर्दै गर्दा नीतिगत रुपमा वित्तीय सेवा प्रदान गर्दै आएका सहकारीहरु पनि समस्यामा परेको उनको भनाई थियो ।
सहकारीको सहयोगबाट आफूलाई समृद्ध बनाएका थुप्रै उदाहरणहरु हामीले देख्न सकिने भन्दै उनले संस्थागत रुपमा राम्रालाई पुरस्कृत र खराबलाई दण्डित गर्न सकियो भने सहकारीमा अवसर र विश्वासको वातावरण सृजना हुने बताए । प्रदेश सभा सदस्य पौडेलले आफूले पाउने जिम्मेवारी र आफ्नो क्षमताले भ्याएसम्म सहकारी क्षेत्रको विकासका लागि सदैव पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
२०६९ सालमा ४० जना शेयर सदस्यहरुबाट सुरु भएको लक्ष्मीनारायण सहकारीमा हाल १४ सय ५४ शेयर सदस्य पुगेको साकोसका अध्यक्ष सृजना घिमिरेले बताईन् । अध्यक्ष घिमिरेका अनुसार दुईलाख शेयर पँुजीबाट सुरु भएको साकोसको शेयर पुँजी वृद्धि भई हाल ८९ लाख ५३ हजार ३ सय रुपैयाँ पुगेको छ । विगतका वर्षमा कोभिडका कारण लाभांस वितरण गर्न नसकेको साकोसले चालु आर्थिक वर्षमा लक्ष्य अुरुपको लाभांस वितरण गर्ने प्रयासमा रहेको अध्यक्ष घिमिरेले बताईन् ।
आर्थिक बर्ष २०७८/०७९ मा १७ करोड ९५ लाख ७८ हजार ३ सय ९० रुपैयाको कारोवार गरेको साकोसले १५ लाख २० हजार ७ सय ९६ रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको छ ।
साकोसले गएको आर्थिक वर्षमा १० करोड ४ लाख ९८ हजार ३ सय ८९ रुपैया बचत संकलन गरेको साकोसको कुल सम्पत्ति भने आर्थिक वर्ष ०७८÷०७९ को वासलात ५ करोड १२ लाख ५० हजार २ सय ६५ रुपैयाँ रहेको साकोसका प्रवन्धक जितमाया गुरुङले बताईन् । महिलाहरुको नेतृत्वमा सञ्चालित साकोसले वित्तीय क्षेत्रमा खाली बचत संकलन र ऋण प्रवाह मात्र नभई महिलाहरुलाई आर्थिक एवं समाजिक रुपले सशक्त वनाउन विभिन्न आय आर्जन एवं सिपमुलक कार्यक्रमहरु गर्दै आएको सहकारीका लेखा समिति संयोजक सिता न्यौपानेले बताईन् ।
कार्यक्रममा लक्ष्मी नारायण पुस्तकालयका अध्यक्ष नराइन बहादुर सुयाल, बेसीशहर ८ का वडासदस्य कल्पना बोहोरा, साकोसका सल्लाहाकार तेजनारायण अधिकारी, नेफ्सुकनका प्रतिनिधि सन्देश घिमिरे, शिक्षक कल्याण सहकारीका रमेश अधिकारी र पुस्तकालय महिला उपसमिति संयोजक सिता श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा साकोसका उपाध्यक्ष ज्ञानुमाया नखोलाले स्वागत, संस्थापक अध्यक्ष शोभा थापाले धन्यवाद ज्ञापन र कार्यक्रमको सञ्चालन सचिव भगवती जोशीले गरेका थिए ।
साधारण सभाका अवसरमा सहकारीले कार्यक्रमका प्रमुख अतिथि नवनिर्वाचित प्रदेश सभा सदस्य भेषवहादुर पौडेललाई फूलमाला अभिर र मायाको चिनोले सम्मान गरिएको थियो । त्यस्तै असल बचतकर्ताको रुपमा मैया श्रेष्ठ, असल ऋणिको रुपमा खातुन मिया, २०७८ को एसईईमा उत्कृष्ट नम्बर ल्याउन सफल शेयर सदस्यका छोराछोरीतर्फ आकृति गुरुङ र भावना गुरुङलाई सम्मान गरिएको थियो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै