News Portal

ताजा शिर्षकहरु

प्रमुख समाचार राजनीति

स्याङ्जाबाट काँग्रेसका अर्याल प्रदेश सभामा निर्वाचित

नेपाली काँग्रेसका विजयी उम्मेदवार भोजराज अर्याल र नेकपा एमालेका उम्मेदवार मोहनप्रसाद रेग्मी

स्याङ्जा, १६ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ (१) बाट ५ दलीय सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका भोजराज अर्याल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।

काँग्रेसका अर्यालले निकटम प्रतिस्पर्धी नेकपा एमालेका मोहन प्रसाद रेग्मीलाई २ हजार ७३० मतान्तरले पछि पार्दै विजयी भएका हुन् । काँग्रेसका अर्यालले १५ हजार १६१ मत प्राप्त गर्दा एमालेका रेग्मीले १२ हजार ४३१ मत ल्याएका थिए ।