News Portal

ताजा शिर्षकहरु

प्रमुख समाचार राजनीति

स्याङ्जा क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा कांग्रेसका राजु थापा निर्वाचित

स्याङ्जा, ९ मंसिर । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापा निर्वाचित भएका छन् ।

नेता थापाले नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद मरासिनीलाई ३ हजार २सय ५५ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । कांग्रेसका थापाले ३१ हजार ९सय ९९ मत ल्याएका छन् । एमालेका उम्मेदवार मरासिनीले २८ हजार ७सय ४४ मत पाएका छन् ।

दुई क्षेत्र रहेको स्याङ्जामा अर्को क्षेत्रमा भने मतगणना सुरू हुन सकेको छैन । नेकपा एमालेले कांग्रेसले बुथ कब्जा गरेको आरोप लगाउँदै छानबिन गर्न र पुनः मतदान गर्न माग गरेर निर्वाचन कार्यालयमा उजुरी समेत गरेको छ ।