News Portal

ताजा शिर्षकहरु

प्रमुख समाचार राजनीति

एमाले नेता राजिव पहारीलाई हराउँदै उदाए प्रकाश

पोखरा, ९ मंसिर । कास्की निर्वाचन क्षेत्र नं. ३ ‘२’ प्रदेशसभा सदस्यमा ५ दलीय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका प्रकाश बराल निर्वाचित भएका छन् । नेता बरालले नेकपा एमालेका निर्वतमान प्रदेश सांसद राजिव पहारीलाई ४ सय ६५ मतले पराजित गरेका हुन् ।

काँग्रेसका बरालले १२ हजार ३ सय ६७ मत प्राप्त गर्दा एमालेका नेता पहारीले ११ हजार ९ सय २ मत प्राप्त गरेका थिए । निकै कडा प्रतिस्पर्धाका बिच नेता बरालले जित हासिल गरेका हुन् । सोही क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिराम भण्डारीले २ हजार ५ सय ६० मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा ४८ हजार ८ सय ५३ मतदाता रहेकोमा २८ हजार ७ सय ७९ मतमात्र खसेको थियो । त्यस मध्ये १ हजार ६६ मत बदर भएको थियो ।