News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

पूर्वी नवलपरासीबाट कांग्रेसका शशांक कोइराला निर्वाचित

पूर्वी नवलपरासी, ८ मंसिर । प्रतिनिधिसभा सदस्यमा चौंथोपटकका लागि नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला पूर्वी नवलपरासी क्षेत्र नं. १ बाट निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेललाई २ हजार ८२ मतान्तरले हराउँदै कांग्रेसका नेता कोइराला विजयी भएका हुन् । कोइरालाले २७ हजार १ सय २७ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी एमालेका पौडेलले २५ हजार ४३ मत प्राप्त गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २३ हजार ३ सय १ मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कोइराला २०६४, ७०, ७४ र ७९ गरी लगातार सोही क्षेत्रबाट ४ पटक विजयी भएका हुन् ।

डनन्यूज ट्रेन्डिङ