
१लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
५पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
६देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
७जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
८फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
९माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
१०जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
११उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१२मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
६पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
लमजुङ, ८ मंसिर । प्रतिनिधिसभा सदस्यमा लमजुङबाट नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई तीन हजार एक सय ८८ मतअन्तरले पराजित गर्दै एमाले उपमहासचिव गुरुङले प्रतिनिधिसभाको यात्रा तय गरेका हुन । बिजयी गुरुङले ३४ हजार नौ सय ६९ मत प्राप्त गरे ।
उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले ३१ हजार सात सय ८१ मत प्राप्त गरेका छन।
जिल्लामा कूल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेकोमा ८० हजार एक सय ९२ मत खसेको थियो । खसेको मतमध्ये प्रतिनिधिसभातर्फ दुइ हजार तिन सय ८४ मत बदर भएको छ ।
प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले नौ हजार २९ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठले एक हजार दुई सय ३१ मत प्राप्त गर्नुभनेको छ । मंगोल नेशनल अर्गनाइजेशनका विकास गुरुङले चार सय ५७ मत, जनता समाजवादी पार्टी नेपालका नरेन्द्रबहादुर गुरुङले एक सय ४८, आमूल परिवर्तन मसिहा पार्टीका नन्दजङ गुरुङले ६०, नेपाली कांग्रेस ९बीपी० का लक्ष्मीकान्त पौडेलले ४९, राप्रपा नेपालका टकबहादुर गुरुङले ३३, स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले ३१ र नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापतिले २० मत प्राप्त गरेका छन् ।
लमजुङबाट प्रदेशसभा १ मा कांग्रेसका गुरुङ निर्वाचित
लमजुङको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ बाट नेपाली कांग्रेसका टकराज गुरुङ निर्वाचित भएका छन् । गुरुङले १ हजार १६१ मतान्तरले नेकपा एमालेका जमिन्द्रमान घलेलाई हराएका हुन् । गुरुङले १८ हजार ५०४ र एमालेका घलेले १७ हजार ३४३ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अप्सरा साहले १ हजार १८, मंगोल नेशनल अर्गनाइजेसनका बृखबहादुर तामाङले ४५६ मत र जनता समाजवादी पार्टी नेपालका सरस्वती गुरुङले ११५ मत पाएकी छिन् । प्रदेशसभा सदस्यमा निर्वाचित गुरुङ नेपाली कांग्रेस जिल्ला कार्य समितिका सभापति हुन् भने घले नेकपा एमाले केन्द्रीय सदस्य हुन् ।
लमजुङ प्रदेश सभा २ मा काग्रेसका पौडेल निर्वाचित
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा लमजुङ प्रदेश सभा ‘२’ मा नेपाली कांग्रेसका भेषबहादुर पौडेल निर्वाचित भएका छन् ।
पौडेलले ७ सय ५४ मतान्तरले नेकपा एमालेका कृष्णप्रसाद अधिकारीलाई हराउँदै निर्वाचित भएका हुन् । पौडेलले १९ हजार ५५७ मत पाएका छन् । एमालेका अधिकारीले १८ हजार ८०४ मत पाएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
प्रदेश सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ततबहादुर गुरुङले १ हजार ९ सय ५७, मंगोल नेशनल अर्गनाइजेशनका राज गुरुङले ३ सय १४, जनता समाजवादी पार्टी नेपालका युवराज दुराले २ सय ४१ मत र नेपाली कांग्रेस ९वीपी० का नवराज बसौलाले १ सय ४५ मत पाएका छन् । कुल ४१ हजार ८ सय ५७ मतमा ४१ हजार १७ सदर र ८ सय ४० बदर भएको छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !