मुस्ताङ, ५ मंसिर । हिमालपारिको मुस्ताङको प्रदेशसभा १ मा नेपाली कांग्रेसका नाम्डु गुरुङले नेकपा एमालेका इनद्रधारा विष्टलाई पराजित गर्दै विजयी भएका छन् । गुरुङले १ हजार ४८ मत ल्याएका थिए भने एमालेका विष्टले ७ सय ९३ मत प्राप्त गरेका थिए । विष्ट निवर्तमान प्रदेशसभा सदस्य पनि हुन् ।
उक्त क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएका छन् । प्रतिनिधिसभा सदस्यमा यसअघि नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् । निर्वाचित भएका गुरुङ स्थानीय तह निर्वाचनमा लोमान्थाङ–४ मा वडाध्यक्षमा पराजित भएका थिए । मुस्ताङ प्रदेशसभा (२)को मतगणना कार्य भने जारी छ ।