पूर्वी नवलपरासी, ४ मंसिर । पूर्वी नवलपरासी देवचुली नगरपालिका वडा नं. ४ मा रहेको शान्ति सिर्जना आधारभूत विद्यालय झाँक्रे (क)मा प्रदेशसभा सदस्य समानुपातिकको मतदान भोलि पुनः हुने भएको छ ।
आज ४ बजेको समयमा सोही ठाउँ बस्ने ४५ बर्षीय नारायण भण्डारीले एसिड हालेपछि रोकिएको मतदान रोकिएको थियो । सो स्थानमा भोलि विहान ७ बजेबाट पुनः मतदान हुने निर्वाचन आयोगले जानकारी दिएको छ । गण्डकी प्रदेशको बाँकी जिल्ला एवं मतदान केन्द्रहरुमा केही ठाउँमा बाहेक अन्य ठाउँमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ ।