
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
पोखरा, २८ कार्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्कीको निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि निष्ठाका साथ लाग्ने साझा प्रतिबद्धता सहितको सङ्कल्प गरेका छन् । लोकतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र स्थिर सरकार निर्माण गर्ने साझा प्रतिबद्धता सहितको सङ्कल्प उनीहरूले गरेका हुन् ।
‘हाम्रो सङ्कल्प संविधानसभाले बनाएको संविधानको रक्षा गर्दै सार्वभौमसत्ता सम्पन्न जनताको अधिकारलाई मजबुत बनाउँदै मुलुकलाई समृद्धिको यात्रामा हिँडाउनु हो, त्यसैले यो निर्वाचनमा मुलुकलाई सधैँ अस्थिरता निम्त्याउने, संविधान विरोधी, जनताको अधिकार कटौती गर्ने, राज्यका सबै अङ्गहरूलाई तहसनहस बनाई मुलुकमा भय र त्रासको वातावरण सृजना गरी मनपरितन्त्र चलाउने प्रतिगमनकारी, अधिनायकवादीहरू र संविधानको रक्षा गर्न चाहने, स्थायित्व, शान्ति र विकासको पैरवी गर्ने प्रजातन्त्रको आधारमा विकास अगाडी बढाउने शक्तिहरू बिचको जनमत सङ्ग्रह हो ।’ उनीहरूले भनेका छन् ।
उद्यमशीलताको विकास गर्दै रोजगारी सृजना गर्ने, आधारभूत स्वास्थ्य, शिक्षा र खानेपानी निःशुल्क गर्ने, गरिबी निवारण र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने लगायत विषयमा उनीहरूको साझा प्रतिबद्धता छ । उनीहरूले अथाह सम्भावना बोकेको गण्डकी प्रदेशको समग्र विकासका लागि तराई पहाड र हिमाल छिचोल्ने सुविधा सम्पन्न यातायात पूर्वाधार निर्माण, प्रदेशलाई मुलुक कै व्यापारिक केन्द्रको रूपमा विकास गर्ने, कृषिमा आधुनिकीकरण सहित व्यवसायीकरण गर्ने, ऊर्जामा जनताको लगानी वृद्धि गरी ऊर्जा निर्यात गर्ने, अत्याधुनिक र विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्दै चिकित्सा शिक्षा क्षेत्रको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा प्रदेशको विकास गर्ने, उच्च उचाइ खेलमैदान निर्माण गर्ने उनीहरूको प्रतिबद्धता छ ।
पोखरा महानगरपालिकाबाट हरेक पालिकाका केन्द्रसम्म बाह्रै महिना सञ्चालन हुने सडकहरू निर्माण गर्ने, पालिकाका केन्द्रहरूलाई आर्थिक केन्द्रका रूपमा विकास गर्ने, महिला शिक्षा र रोजगारीमा जोड दिने, बालबालिकाको चौतर्फी विकासमा जोड दिने र पिछडिएका वडामा विशेष योजनाहरू कार्यान्वयनमा ल्याउने उनीहरूले प्रण गरेका छन् । ‘यसलाई मुलुकको सबै भन्दा सम्पन्न, आत्मनिर्भर, उच्च निर्यात भएको, आधुनिक प्रविधियुक्त, लगानीमैत्री, समावेशी, प्रजातान्त्रिक र सबै धार्मिक क्षेत्र र मठ मन्दिरहरूमा योग साधना केन्द्र स्थापित गर्ने सङ्कल्पका साथ प्रतिबद्ध छौँ । साथै भ्रष्टाचारमुक्त तथा सुशासनयुक्त र मानव विकास सूचकाङ्कमा नमुना प्रदेश बनाएर देखाउने बाचा गर्दछौँ ।’ गठबन्धनका उमेदवारहरुको साझा प्रतिद्धतामा भनिएको छ ।
उनीहरूले आफुहरु सन्तुलित एवं समन्यायिक विकासमा विश्वास गर्ने बताएका छन् । गरिबी, बेरोजगारी तथा सबै प्रकारका असमानता र विभेदको अन्त्य गर्ने लक्ष्य रहेको बताएका उनीहरूले समाजमा पछाडि परेका वर्ग समुदायलाई केन्द्रमा राखेर विकासको अभियान सञ्चालन गर्ने उनीहरूको प्रतिबद्धता छ । ‘आम जनता व्यक्ति केन्द्रित विकासको सुरुवात गर्न चाहन्छन्, राजनीतिक मात्र होइन आर्थिक क्रान्ति चाहन्छन् । त्यसैले हामी जनउत्तरदायी र बलियो सरकारमार्फत सेवामूलक सुशासन प्रदान गर्दै समृद्धितर्फको यात्रामा जुट्ने प्रतिबद्धता दोहो¥याउछांै । उनीहरूले भनेका छन्, ‘पाँच दलीय गठबन्धन सत्ता प्राप्तिको लागि नभई संविधानको रक्षा, जनताको बलिदानपूर्ण सङ्घर्षबाट प्राप्त गरेको समावेशी संघीय प्रजातान्त्रिक (लोकतान्त्रिक) गणतन्त्रको सुदृढीकरण, समावेशी, सहभागितात्मक तथा सन्तुलित विकासप्रतिको जनचाहना पूरा गर्नका लागि हो ।’
गठबन्धनले स्थिर सरकार निर्माण गरी सुशासन कायम गर्दै आर्थिक क्रान्तिको नेतृत्व गर्ने उनीहरूको भनाई छ । गठबन्धनको महत्त्व र आवश्यकताप्रति इमानदारिता रहेको बताएका उनीहरूले मुलुक र गण्डकी प्रदेशको मुहार फेर्नमा परिवर्तनको अनुभूतिसँगै मतदाताहरूलाई निर्णायक भूमिका निर्वाह गर्न अपिल सहित त्यसमा आफूहरूले कुनै कमी कमजोरी हुन नदिने सार्वजनिक प्रतिबद्धता समेत जनाएका छन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश