
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
८किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, २८ कात्तिक । कास्की क्षेत्र नम्बर-२ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रदेश सभामा उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले व्यवसायी र उद्यमशीलताको विकासका लागि व्यवसाय विकास कोषको स्थापना गर्नुपर्ने अवधारणा अगाडि सारेका छन् । नागरिकको लगानी सुरक्षणका लागि राज्यले व्यवसाय विकास कोषको स्थापना गरि कार्यान्वयनमा ल्याउने नीति तत्काल अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।
सोमबार पोखराको वडा नम्बर-९ मा पर्ने महेन्द्रपुल, बाँस्तोलाथर, नयाँबजार, न्यूरोड लगाएतका क्षेत्रमा चुनावी घरदैलो गरेका गिरीले पछिल्लो समय राज्यको आर्थिक नीतिकै कारण व्यवसायीहरु झन् मारमा परेको उल्लेख गर्दै तत्काल उनीहरुको समस्याको विषयमा सम्धोबन हुनुपर्ने बताए । विशेषगरि प्रकोप र महामारीमा परेका व्यसायीको उद्दार, विकास र स्टार्टअप व्यवसायलाई सहयोग गर्ने दायित्वबाट राज्य भाग्न नहुने उनले बताए ।
‘राज्यको मुल आयस्रोत भनेकै व्यवसायीहरुले तिर्ने कर हो । यदि व्यवसायीहरुलाई अप्ठेरो परेको बेलामा राज्यले उनीहरुको लगानी सुरक्षा गर्ने नीति नलिने हो भने देशको अर्थतन्त्र नै प्रभावित बन्न सक्छ ।’ गिरीले भने -‘त्यसैले गण्डकी प्रदेशसभामा म निर्वाचित भएपछि व्यवसाय विकास कोषको अवधारणामा तत्कालै नीतिगत काम शुरु गरिहाल्नेछु । र, यसका लागि अन्य प्रदेशसभा सदस्यहरुलाई पनि मेरो तर्फबाट राजी गराउनेछु।’
बजार क्षेत्रमा भएको घरदैलोको क्रममा गिरी अधिकांश व्यवसायिक प्रतिष्ठानहरुमा पुगेका थिए । सो क्षेत्रका मतदाताहरुले महामारीपछिको अर्थतन्त्र बिग्रदा आफूहरुको व्यवसाय चौपट हुँदै गएको र राज्यस्तरबाट कुनै पनि खालको सुविधा आफूहरुले प्राप्त नगरेको गुनासो गरेका थिए । राज्यकै आर्थिक नीतिको आडमा बैंक तथा वीत्तिय संस्थाहरुले व्यवसायीमाथि विभिन्न वहानामा अप्ठेरो पार्दै गएकोले नीतिगत रुपमा यो विषयमा राज्यले सम्बोधन गर्नुपर्ने व्यवसायीहरुले बताएका थिए ।
गिरीले मतदाताहरुको समस्यालाई नीतिगत रुपमा आफू निर्वाचित भएपछि समाधान गर्नेतर्फ लाग्ने वाचा गरे । साथै उनले शहरी क्षेत्रको समग्र विकासका लागि विशेष रुपमा गुरुयोजना निर्माण गर्नुपर्ने बताए ।
अर्को प्रसंगमा गिरीले गफ दिने र पैसा खर्च गरेर मत प्रभावित पार्न खोज्ने ठुला दलका उम्मेदवारहरुसँग नझुक्किन मतदाताहरुलाई आग्रह गरे । ‘म मेरो पार्टी राप्रपाको एजेन्डासँग सहमत छु । र, मलाई यो देशको विकासको चिन्ता छ । हरेक हिसाबले मतदाताको समस्यालाई समाधान गर्न म कटिबद्ध भएर लाग्नेछु ।’ गिरीले भने -‘त्यसका लागि सबै मतदाताहरुले काम गर्न सक्ने र भिजन भएका उम्मेदवार छान्नुपर्ने हुन्छ । त्यसका लागि राप्रपालाई मत दिएर जिताउन आवश्यक छ ।’
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
५छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै