
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
पोखरा, २८ कात्तिक । कास्की क्षेत्र नम्बर-२ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रदेश सभामा उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले व्यवसायी र उद्यमशीलताको विकासका लागि व्यवसाय विकास कोषको स्थापना गर्नुपर्ने अवधारणा अगाडि सारेका छन् । नागरिकको लगानी सुरक्षणका लागि राज्यले व्यवसाय विकास कोषको स्थापना गरि कार्यान्वयनमा ल्याउने नीति तत्काल अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।
सोमबार पोखराको वडा नम्बर-९ मा पर्ने महेन्द्रपुल, बाँस्तोलाथर, नयाँबजार, न्यूरोड लगाएतका क्षेत्रमा चुनावी घरदैलो गरेका गिरीले पछिल्लो समय राज्यको आर्थिक नीतिकै कारण व्यवसायीहरु झन् मारमा परेको उल्लेख गर्दै तत्काल उनीहरुको समस्याको विषयमा सम्धोबन हुनुपर्ने बताए । विशेषगरि प्रकोप र महामारीमा परेका व्यसायीको उद्दार, विकास र स्टार्टअप व्यवसायलाई सहयोग गर्ने दायित्वबाट राज्य भाग्न नहुने उनले बताए ।
‘राज्यको मुल आयस्रोत भनेकै व्यवसायीहरुले तिर्ने कर हो । यदि व्यवसायीहरुलाई अप्ठेरो परेको बेलामा राज्यले उनीहरुको लगानी सुरक्षा गर्ने नीति नलिने हो भने देशको अर्थतन्त्र नै प्रभावित बन्न सक्छ ।’ गिरीले भने -‘त्यसैले गण्डकी प्रदेशसभामा म निर्वाचित भएपछि व्यवसाय विकास कोषको अवधारणामा तत्कालै नीतिगत काम शुरु गरिहाल्नेछु । र, यसका लागि अन्य प्रदेशसभा सदस्यहरुलाई पनि मेरो तर्फबाट राजी गराउनेछु।’
बजार क्षेत्रमा भएको घरदैलोको क्रममा गिरी अधिकांश व्यवसायिक प्रतिष्ठानहरुमा पुगेका थिए । सो क्षेत्रका मतदाताहरुले महामारीपछिको अर्थतन्त्र बिग्रदा आफूहरुको व्यवसाय चौपट हुँदै गएको र राज्यस्तरबाट कुनै पनि खालको सुविधा आफूहरुले प्राप्त नगरेको गुनासो गरेका थिए । राज्यकै आर्थिक नीतिको आडमा बैंक तथा वीत्तिय संस्थाहरुले व्यवसायीमाथि विभिन्न वहानामा अप्ठेरो पार्दै गएकोले नीतिगत रुपमा यो विषयमा राज्यले सम्बोधन गर्नुपर्ने व्यवसायीहरुले बताएका थिए ।
गिरीले मतदाताहरुको समस्यालाई नीतिगत रुपमा आफू निर्वाचित भएपछि समाधान गर्नेतर्फ लाग्ने वाचा गरे । साथै उनले शहरी क्षेत्रको समग्र विकासका लागि विशेष रुपमा गुरुयोजना निर्माण गर्नुपर्ने बताए ।
अर्को प्रसंगमा गिरीले गफ दिने र पैसा खर्च गरेर मत प्रभावित पार्न खोज्ने ठुला दलका उम्मेदवारहरुसँग नझुक्किन मतदाताहरुलाई आग्रह गरे । ‘म मेरो पार्टी राप्रपाको एजेन्डासँग सहमत छु । र, मलाई यो देशको विकासको चिन्ता छ । हरेक हिसाबले मतदाताको समस्यालाई समाधान गर्न म कटिबद्ध भएर लाग्नेछु ।’ गिरीले भने -‘त्यसका लागि सबै मतदाताहरुले काम गर्न सक्ने र भिजन भएका उम्मेदवार छान्नुपर्ने हुन्छ । त्यसका लागि राप्रपालाई मत दिएर जिताउन आवश्यक छ ।’
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश