News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

पोखरा-२१ का डेढसयजना युवा एमाले छाडेर माओवादी केन्द्रमा

पोखरा, २८ कार्तिक । आम निर्वाचन सम्मुखमा आउँदै गर्दा पोखरा महानगरपालिका वडा नम्बर २१ मा डेढ सयभन्दा बढी युवा एमाले छोडेर माओवादी प्रवेश गरेका छन् ।

एमालेले व्यवस्था जोगाउने र विकास गर्ने एजेण्डा छाडी सत्तालिप्सा मात्रै देखाएको भन्दै उनीहरुले एमाले परित्याग गरेका हुन् । माओवादी प्रवेश गर्ने युवामा अधिकांंश दलित समुदायका छन् ।

उनीहरुको असन्तुष्टि एमालेले दलितलाई सत्ताको भ¥याङ् मात्रै बनाएको भन्ने छ । पोखरा २१ का स्थानीय ईन्द्रबहादुर नेपाली भन्छन्, ‘एमालेले दलित दुखीका समस्या समाधान गर्न सकेन, अब माओवादीले हाम्रा समस्या समधान गर्ने विश्वासमा भएर नै पार्टी प्रवेश गरियो ।’

उनले विपन्नको हकको लागि काम गर्ने पार्टी माओावदी मात्र भएको बताए । ‘बेरोजगारीको लागि योजना आए पनि दलित जनताको माझमा पुगेको छैन ।’ उनले भने, ‘गाउँमा वेरोजगार छन्, चुनाव आएपछि रोजगारीका नारा मात्रै लिएर आउँछन् ।’

स्थानीयको माग विकाससँगै स्थानीय मठ मन्दिरको संरक्षण गर्नुपर्ने, प्राकृतिक सम्पदाहरुको प्रवद्र्धन गर्नुपर्ने सामाजिक रुपान्तरण अभियान चलाउनुपर्ने छ ।

पार्टी प्रवेश कार्यक्रममा कास्की २ ९१मा० ५ दलीय गठबन्धनका साझा उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूले यस क्षेत्रको सामाजिक समस्या बुझेको, यो ठाउँमा कस्तो बिकास र कुन प्रकारको सामाजिक अभियान चाहिन्छ भन्ने सवालको जानकार रहेको बताए ।

‘अबको लडाईं गरिबीको अन्त्य गर्ने लडाईं हो, गठबन्धनले सोही अनुसारको घोषणापत्र पनि बनाएको छ, सोही घोषणापत्र अनुसारका कार्यक्रम लिएर आउने छु,’ उनले भने ।

डनन्यूज ट्रेन्डिङ