
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११नर्सिङ विद्यार्थीहरू एउटै साँघुरो र अँध्यारो कोठामा ८ जनासम्म, छतमा रात काट्नुपर्ने अवस्था
१२८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
पोखरा, २४ कार्तिक । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठवन्धनको तर्फबाट बनेका उमेदवारलाई जिताउन नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ प्रदेश ख ले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
चुनाबको दिन नजिकिंदै गएपनि कांग्रेस भीत्र आन्तरिक मतभेद र असन्तुष्टी चुनावी अभियानले गति लिन नसकेपछि चुनावी सक्रियता बढाउन भेलाको आयोजना गरिएको बताईएको छ ।
उक्त प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट गठित चुनाव परिचालन समितिका संयोजक राज बहादुर गुरुडंले पार्टीका उमेदवार र नेताहरुबिच आपसी समन्वय कÞायम हुन नसक्दा साथै साधन श्रोतको व्यवस्थापन गर्नुपर्ने आवश्यकताका कारण भेला गर्नुपरेको बताएका थिए । उनले कार्यकर्ता र समर्थकहरुमा अझैपनि गठबन्धनको औचित्यका बारेमा अन्यौल रहेकोले पनि त्यसलाई स्पष्ट पार्न भेला गरिएको बताए ।
भेलामा नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्माले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनमा आवद्ध दललाई जिताउन आवश्यक रहेको बताए। शर्माले अब टिकट र पार्टीभित्रको आन्तरिक समस्याका बहस छाडेर गठबन्धनका उम्मेद्वारलाई जिताउन आवश्यक रहेको कुरामा जोड दिए ।
‘पार्टी भित्रको समस्याका विषयमा निर्वाचन पछि छलफल गरौंला, शर्माले अब टिकट र पार्टीभित्रको आन्तरिक समस्याका बहस छाडेर गठबन्धनका उम्मेद्वारलाई जिताउन आवश्यक रहेको कुरामा जोड दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले संविधान र व्यवस्था बचाउन गठवन्धनले मंसिर ४ को निर्वाचनमागठबन्धनले जित्न आवश्यक रहेको बताए। मुलुकको समृद्धि र स्थायित्वका साथै राजनीतिक स्थिरताका लागि पनि मंसिर ४ मा गठवन्धनका उम्मेद्वारलाई जिताउनुपर्ने र विगतमा दुईतिहाइ बहुमत प्राप्त सरकारले संविधान फ्याक्न, व्यवस्था मास्न उद्धत भएकोले गठबन्धनले राजनीति स्थिरता, संविधानको संरक्षण र देशी विदेशीको विश्वास प्राप्त गर्दै गएको बरालको भनाई थियो ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ का सभापति एवं क्षेत्रीय चुनाव परिचालन निर्देशक समितिका संयोजक मनोज गुरुडंले कांग्रेसका नेता कार्यकर्ता कठिन मोडमा रहेको भन्दै महत्वपूर्ण जÞिम्मेवारीमा रहेका नेता र उमेदवारहरुले सबैलाई समन्वय गरेर अगाडी जान सके गठबन्धनका उमेदवारलाई जिताउन कठिन नहुने धारणा राखे ।
भेलामा बोल्दै पार्टीका गण्डकी प्रदेश सदस्य देवेन्द्र केसीले चुनावमा उमेदवार बनेकाहरुमा चुनाब जिते आफुले जितेको र हारेमा पार्टीका नेताहरुले नै हराएको भन्ने प्रवृत्ति बढेको कारण पहिले नै स्पष्ट भएर चुनावी अभियानमा लाग्नुपर्ने बताए ।
कास्की कांग्रेसका उपसभापति युवराज कुंवरले भेलामा बोल्ने बक्ताहरुले भेलामा राम्रो कुरा गर्ने तर बाहिर निस्केपछि नराम्रो कुरा गर्ने प्रवृत्ति बढेको बताए ।
नेपाली कांग्रेस केन्द्रीय चुनाव प्रचार प्रसार समितिका सदस्य एवं कास्की कांग्रेसका जिल्ला सदस्य गंगाधर पराजुलीले उमेदवार चयन गर्दा भौगोलिक, जातिय, लैंगिक र पार्टिगत सन्तुलन मिलाउन सकेको भए गठबन्धनका उमेदवारलाई जिताउन सहज हुने विचार व्यक्त गर्दै लोकतन्त्रिक व्यवस्था र संविधानको संरक्षणको लागि मात्र नभएर मानव अधिकार र स्वतन्त्रताको संरक्षणका लागि पनि कांग्रेस सहितको गठबन्धनका उमेदवारलाई जिताउनुपर्ने खाँचों औल्याए ।
नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ प्रदेश ख निर्वाचन परिचालन समितिका संयोजक राज बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश सदस्य जिवन बास्तोला, प्रदेश ख का सभापति जिवनाथ पौडेल शंकर, लोकतांत्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधिद्वय हिरा भट्टराई, उदय नेपाली, शिक्षक संघ कास्कीका सचिव राजु क्षेत्री, डिएलए कास्की अध्यक्ष कपिलमणि दाहाल लगाएतले वाम–लोकतान्त्रिक गठबन्धन असंवैधानिक र प्रतिगामी चिन्तनधाराविरुद्ध बनेको शक्ति हो, त्यसको खतरा अझै पनि नेपालको राजनीतिक आकाशमा मडारिइरहेकाले यही गठबन्धनको निरन्तरता जरुरी देखÞिएको हुँदा गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे।
त्यस प्रदेशका क्षेत्रीय प्रतिनिधी, प्रदेश, क्षेत्र र जिल्ला समितिमा रहेका नेता कार्यकर्ता साथै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुलाई समेत आमन्त्रण गरिएको भएपनि उपस्थिति भने अपेक्षा गरिए अनुरुप हुन सकेन ।
भेलामा कांगेसको तर्फबाट प्रदेश सांसदका उमेदवार प्रकाश बराल , कांग्रेस नेताहरु खेमराज पौडेल, महादेव गुरुडं ,आई बहादुर गुरुडं, पोषनाथ शर्मा, दिपक गुरुडं, गणेशबहादुर भट्टराई , दुर्गा प्रसाद तिमिल्सिना लगायतका नेताहरुको उपस्थिति भने रहेन ।महादेव गुरुडं सोही प्रदेशको भएपनि यस पटक उनि कास्की २ बाट प्रतिनिधि सभाको लागि स्वतन्त्र उमेदवार बनेका छन ।
यस अगाडी २०६४ को निर्वाचनमा नेपाली कांग्रेसले बनाएका उमेदवारको विरुद्ध वक्तव्यवाजी गर्न लगाउने र कांग्रेस उमेदवारलाई नै हराउन लाग्ने व्यक्तिलाई पार्टीले यस पटक पनि अवसर दिएकोमात्र नभएर कास्की क्षेत्र नं ३ को प्रतिनिधि सभा वा “ क” प्रदेश कांग्रेसको भागमा पार्न कुनै पहल नगरेको भन्दै कांग्रेसका कतिपय नेता कार्यकर्ताहरु पार्टी निर्णय प्रति असन्तुष्ट बनेका छन ।
पाटीको १४ औं महाधिवेशनमा जिल्ला नेतृत्वको विषयमा मत भिन्नता भएपछि नेताहरू एकै मंचमा देखÞिएका छैनन् । भेलामा प्रदेश सभापति शर्मालाई प्रमुख अतिथि बनाईएपछि आई बहादुर गुरूङ र पोषनाथ शर्मा अनुपस्थित रहेका अनुमान गरिएपनि उनिहरु दुबै जना चुनावी प्रचार अभियानमा भने सक्रिय छन् ।
भेलाले क्षेत्र नम्बर ३ संघ तर्फका गठबन्धनका उम्मेदवार नेकपा माओवादीका राम्जी प्रसाद बराललाई हँसियाहथौड़ा र प्रदेश ख का उम्मेदवार नेपाली काँग्रेसका प्रकाश बराललाई रूख चिन्हमा मतदान गरी विजयी गराउन क्षेत्र नम्बर ३ का सम्पूर्ण मतदातालाई आग्रह गरेको निर्वाचन परिचालन समितिका सचिव शुक्रराज पौडेलले बताए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश