
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, २३ कार्तिक । गण्डकी प्रदेशका उर्जा मन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका छन् । गोरखाका सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध भोट मागेको आरोप लागेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री आचार्यलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलले ऊर्जा मन्त्रालय आफैँसँग राखेका छन् । मन्त्री आचार्यलाई आफ्नै सहकर्मीसमेत रहेका नेता फणिन्द्र देवकोटालाई हराउनका लागि भूमिका खेलिरहेको आरोप लगाईएको छ ।
आचार्य बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका निवर्तमान सांसद हुन् । २०७४ मा गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (क) बाट तत्कालीन नयाँ शक्तिका आचार्य निर्वाचित भएका थिए ।
आचार्य यसपालि पनि सोही प्रदेश सभा क्षेत्रमा उम्मेदवार हुन चाहेका थिए । तर तर माओवादीको चुनाव चिन्ह हँसिया हतौडामा उठ्ने गरी समाजवादीले फणिन्द्र देवकोटालाई टिकट दिन पुग्यो । त्यसपछि रूष्ट मन्त्री आचार्यले स्वतन्त्र उम्मेदवारी दिन पुगे । तर अध्यक्ष बाबुराम भट्टराई लगायतको दवावपछि उनले फिर्ता लिन बाध्य भए ।
गोरखास्थित समाजवादी पार्टी, माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरूले आचार्यले सत्ता गठबन्धनका उम्मेदवारलाई सहयोग नगरेको र भित्रभित्रै अरू पार्टीलाई सहयोग गरिरहेको ‘सुइँको पाएपछि’ उनलाई मन्त्रीबाट हटाउने योजना बनाउन पुगे । शीर्षस्थ नेताहरुलाई निरन्तर दवाव दिए पछि मन्त्री आचार्य पदच्यूत हुन पुगे ।