डडेलधुरा । डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई बुधबार बिहान २ बजेर १२ गएको ६.६ म्याग्निच्युडको भूकम्प जाँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका वडा नं. ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा‚ १४ वर्षीया तुलछी बोहरा रहेका डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भोलाप्रसाद भट्टले जानकारी दिएका छन् ।