रोजगारीका लागि भारत जान सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट शुक्रबार धनगढीको बसपार्कमा टिकट काट्न आएका युवा । कोरोनाको सन्त्रासका कारण भारतबाट केही महिनाअघि मात्रै नेपाल आइपुगेका युवा यहाँ रोजगारीको अवसर नपाइएपछि नजिकिँदै गरेको महान् चाड तिहारको बेवास्ता गरी पुनः भारततर्फ जान थालेका हुन । तस्बिर: तिलकराज ओझा/रासस