
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१०मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पर्वत, १८ कार्तिक । आगाामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पर्वतका राजनीतिक दलहरु सक्रिय रुपमा प्रचार प्रसारमा लागेका छन् । नेकपा एमाले पर्वतले बिहीवार जिल्लाको महाशिला गाउँपालिका वडा नं. ४ पाखापानी र वडा नंं. ३ बालाकोटमा चुनावी सभा सम्पन्न गरेको छ ।
एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरी र प्रदेश ‘ख’ का उम्मेदवार मित्रलाल बस्याल, समानुपातीक उम्ेमदवार केशकुमारी दमिनी सहित नेताहरुको टोलीले पाखापानी र वालाकोटका विभिन्न बस्तीमा पुगेर घरदैलो तथा कोणसभा सम्पन्न गरेको छ ।
सो अवसरमा बोल्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले नेकपा एमालेनै जनताको समृद्धिका लागि काम गर्ने पार्टी भएको बताए । विगत पाँच वर्षको कार्यकालमा महाशिला गाउँपालिका लगायत जिल्लाभर विकास निर्माण तीब्र गतिका साथ अघि बढाउन सफल भएको बताउँदै एमालेलाई भरोसा गर्न अपिल गरे ।
अन्य दलहरु केबल खान र मुलुकलाई कङ्गाल बनाउनका लागि भ्रम सिर्जना गर्दै आएका छन् । अघिल्लो कार्यकालमा पुरा हुन बाँकी रहेका र छुटेका योजनाहरुलाई अबको पाँच वर्षमा पूर्णता दिनछु, उम्मेदवार गिरीले प्रतिवद्धता व्यक्त गरे ।
एमाले नै विकास निर्माण र समृद्धिका लागि काम गर्ने दल भएकाले आफुहरु चुनावी नारा र योजना मात्र नभई काम गर्नेगरी फेरी मैदानमा आएको उनको भनाई थियो ।
प्रदेश सभा ‘ख’ का उम्मेदवार मित्रलाल बस्यालले नेकपा एमाले नेतृत्वको सरकारले मुलुक विकास र समृद्धिका लागि मार्गचित्र कोरेकोले त्यसको पूर्णताका लागि पुनः एमालेले जित्नुपर्ने बताए । उनले अबको निर्वाचनमा एमाले स्पष्ट बहुमतका साथ विजयी नभए मुलुक पछाडि धकेलिने दावी गरे ।
कार्यक्रमा नेकपा एमले केन्द्रीय सदस्य कल्पना चापागाई, पूर्व मन्त्री विकास लम्साल, एमाले प्रदेश कमिटी उपसचिब मञ्जु अधिकारी, जिल्ला अध्यक्ष राजु पौडेल, उपाध्यक्ष पदमपाणी शर्मा, सचिब गोविन्द पहाडी लगायतको सहभागिता रहेको थियो । त्यसैगरी प्रदेश सभा ‘क’ का उम्मेदवार भक्त कुँवरको चुनावी कार्यक्रम जिल्लाको कुश्मा नगरपालिका वडा नं. १ पाङमा सम्पन्न भएको छ ।
पाङका विभिन्न बस्तीमा पुगेर कोणसभा र घरदैलो गरिएको हो । सोे अवसरमा उम्मेदवार कुँवरले एमाले सरकारको पालामा जिल्लामा सबैभन्दा बढि बजेट पाङमा भित्रिएकोले ती योजनाहरुको पूर्णता र थप विकासका लागि पुनः एमालेलाई बिजयी गराउनुको विकल्प नभएको बताए । पाङमा खेलमैदान, सडक कालोपत्रे, विद्यालय, स्वास्थ्यचोैकी र सिंचाई लगायतका योजनाहरुको पूर्णताका लागि एमालेलाई जिताउनुको विकल्प नभएको उनको भनाई थियो ।
कार्यक्रमा एमाले नेता गणेश शर्मा पौडेल, प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, मनोहर पौडेल, समानुपातिक उम्मेदवार कमला पन्त, जिल्ला तथा नगरस्तरीय नेताहरुको पनि सहभागिता रहेको थियो । घरदैलो कार्यक्रमका क्रममा पाङका जनताहरुले यसपटक एमालेलाई नै जिताउने भन्दै उम्मेदवारहरुको हौंशला बढाएका थिए ।