
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, १७ कार्तिक । पत्रकार विजय नेपालीमाथि प्रहरीले गरेको अभद्र व्यवहारप्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति र प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिले छुट्टा–छुट्टै विज्ञप्ति जारी गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन् ।
पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा म्यादी प्रहरीलाई पोशाक बाँडिएको तस्विर खिच्ने क्रममा नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य एवं ढोरपाटन दैनिकका संवाददाता नेपालीलाई प्रहरीले क्यामेराबाट तस्विर हटाउनुका साथै अभद्र व्यवहार गर्दै प्रदर्शनीस्थलबाट बाहिर निकालेको थियो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदी र प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीका सचिव पुष्प दाहालले जारी विज्ञप्तिमा घटनामा संलग्नमाथि कारवाहीको माग गरेका छन् ।
गण्डकी प्रदेश समितिबाट जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामीले पत्रकार नेपालीले सार्वजनिक स्थलमा भएको कार्यक्रममा खिचेको तस्विर जवरजस्ति हटाउन लगाउनु, त्यहाँबाट अभद्र व्यवहार गर्दै बाहिर निकाल्ने जस्ता कार्यलार्ई स्वतन्त्र प्रेस माथिको ठाडो हस्तक्षेपको रुपमा लिएका छौं ।’
विज्ञप्तिमा कानुनको रक्षा गर्नुपर्ने निकायले गरेको सार्वजनिक कार्यक्रममा प्रेसलाई अंकुस लगाउने र आतंकित पार्ने कार्य हुनु खेदजनक र भ्रत्सनायोग्य कार्य रहेकोले यस्ता घटनामा सम्लग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरिएको छ । साथै अब आइन्दा यस्ता खालका हर्कत नगर्ने प्रतिवद्धतासहित स्वतन्त्रता पूर्वक समाचार संकलन गर्ने अधिकारको रक्षा गर्न सम्बन्धित पक्षलाई नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति आग्रह गरेको छ ।
त्यसैगरी, प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले प्रहरीको यो कदम संविधानले ग्यारेन्टी गरेको प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै घटनामा संलग्नलाई कारवाही गर्नुपर्ने र स्वतन्त्र रुपमा पत्रकारिताको वातावरण निर्माणको लागि माग गरेको छ ।