
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
लमजुङ, १३ कार्तिक । लमजुङको सुन्दरबजारस्थित मुठी दानबाट सञ्चालित नमूना सामुदायिक अस्पतालको व्यवस्थापन र सञ्चालन अब मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले गर्ने भएको छ ।
नमूना सामुदायिक अस्पताल विकास समिति र एचडीसीएसबीच आज ३० वर्षका लागि सञ्चालन गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा प्रथम पक्षको तर्फबाट अस्पतालका अध्यक्ष परमेश्वर अधिकारी र दोस्रो पक्षबाट एचडीसीएसका कार्यकारी निर्देशक कपिल शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौताको म्याद आगामी पौष १७ गते (१ जनवरी २०२३) को मितिबाट ३० वर्ष हुने उल्लेख छ । एचडीसीएसका संस्थापक अध्यक्ष तीर्थ थापाका अनुसार सुरुवातमा करिब ८ करोड रुपियाँ लगानी गर्नेछ । सबैको सहयोग र सद्भाव रह्यो भने आगामी दिनमा स्वास्थ सेवाको साथमा मेडिकल सम्बन्धि पढाइ तथा तालिमको सञ्चालन गर्ने योजना रहेको अध्यक्ष थापाले बताए ।
नमुना सामुदायिक अस्पताल वि.सं. २०६१ मा नमुना सामुदायिक अस्पताल विकास समितिद्वारा स्थापना भई वि.सं. २०६७ देखि स्वास्थ्य सेवा दिँदै आईरहेको थियो । नमुना सामुदायिक अस्पताल विकास समितिका कुनै पनि सदस्य वा पदाधिकारीले कुनै पनि प्रकारको बाधा अड्चन सिर्जना नगर्ने र कुनै पनि प्रकारको हकअधिकार नखोज्ने सर्तमा एचडीसीएसले आफ्नो मूल्य तथा मान्यताअनुसार अस्पताललाई स्वतन्त्र रूपमा व्यवस्थापन र सञ्चालन गर्न सक्ने भनी सम्झौतापत्रमा उल्लेख छ । अस्पतालका अध्यक्ष परमेश्वर अधिकारीले सुन्दरबजार क्षेत्रका सर्वसाधारणलाई गुणस्तरीय सेवा दिन यस किसिमको सम्झौता गरिएको बताए ।
सम्झौता पत्र हस्तान्तरण पछि सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले डा. तीर्थ थापासँग आफ्नो शिक्षा क्षेत्रमा काम गर्दाको साइनो रहेको स्मरण गर्दै नगरपालिका स्वास्थ्य क्षेत्रमा मात्र नभई एचडीसीएससँग अन्य क्षेत्रमा पनि काम गर्न इच्छुक रहेको र त्यो भोलिका दिनमा तय हुँदै जाने धारणा व्यक्त गरे ।
नमूना सामूदायिक अस्पतालमा एचडिसिएसले व्यवस्थापन र सञ्चालनको जिम्मा लिएसँगै गुणस्तरीय सेवा पाउने सेवाग्राहीहरुको विश्वास छ । अब उक्त अस्पतालबाट लमजुङ, मनाङ, गोर्खाको पश्चिमी क्षेत्र, तनहूँको उत्तरी क्षेत्र र कास्कीको पूर्वी क्षेत्र लगायतका सर्वसाधारणले थप गुणस्तरीय सेवा पाउने भएका छन् ।
लमजुङ जिल्ला अस्पताल पनि यस अघि एचडिसिएको व्यवस्थापनमा सञ्चालन हुँदै आएको थियो । २२ बर्ष सञ्चालन र व्यवस्थापनको जिम्मा एचडिसिएसले लिएपछि जिल्ला अस्पतालमा गुणस्तरीय र भरपर्दो सेवा उपलब्ध गराउँदै आएको थियो । अहिले प्रदेश सरकारले आफ्नो माताहातमा जिल्ला अस्पतालको जिम्मा लिएपछी एचडिसिएसले छोडेको हो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए