
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
काठमाडौं, ११ कार्तिक । निर्वाचन आयोगले ‘नो नट अगेन’ अभियानका विरुद्ध कडा विज्ञप्ति जारी गरे लगत्तै चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले यसको विरोधमा आयोगलाई चेतावनी दिदैं अभियानको पक्षमा उभिएका छन् ।
पूर्वप्रधानमन्त्रीहरु खड्गप्रसाद ओली (केपी), पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, नेताहरु गगन थापा, आरजु देउवा राणा, बालकृष्ण खाँड लगायत व्यापारीदेखि गुन्डासम्मकालाई अबको निर्वाचनबाट ससम्मान विदा गरौं भन्दै सामाजिक सञ्जालहरुमा व्यापक विरोध भईरहेको छ ।
एमाले नेता महेश बस्नेतलाई चर्को चिच्याउनु, सांसद अपहरण गर्नु र धाकधम्की दिदैं बस्नु संसदीय मर्यादा होइन । टोले गुण्डा शैलीमा देशले विकास पाउँदैन भन्दै उनलाई पनि अबको निर्वाचनबाट ससम्मान विदा गर्नुपर्ने आवाज उठाइएको थियो ।
नेपाली कांग्रेसका नेता गगन थापालाई पनि किन राष्ट्रिय मुद्दाका विषयमा पनि सत्ता र सत्ता ईतर हुँदा बोलि फेरिन्छ ? मिठो होइन, साँचो बोली चाहिएको छ भन्दै अब झुठको खेती चल्दैन भने यिनलाई पनि भोट नदिन र विदाई गर्न प्रचारबाजी गरिएको छ ।
मंसिर ४ गतेको निर्वाचन नजिकिदैं गर्दा सामाजिक सञ्जालहरुमा अधिकांश नेताहरुका कर्तुत र कमजोरीसहित थालिएको यस अभियान लोकतान्त्रिक गणतन्त्रमा सामान्य रुपमा लिनु पर्ने भएपनि निर्वाचन आयोगले कडा रवैयाँ देखाएपछि यसका विरुद्धमा अभियन्ता केसी उत्रिएका हुन् ।
डा. केसीले आज विज्ञप्ति जारी गर्दै नेतृत्वदायी पदमा बसेर देशलाई ’कूशासनको दुष्चक्रमा फसाएका खलपात्रहरू’लाई निर्वाचनबाट राष्ट्रिय राजनीतिको मूलप्रवाहबाट किनारा लगाउने चाहना प्रकट गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको बताएका छन् ।
‘निर्वाचन आयोगबाट प्रकट भएको धम्कीयुक्त चेतावनीको बेवास्ता गरी आम नागरिकको नागरिक तथा राजनीतिक अधिकारको रक्षाको खातिर उक्त विज्ञप्तिको अहिंसात्मक रूपमा अवज्ञा हुने कुरा स्पष्ट गर्न चाहन्छौँ,’ उनले भनेका छन् ।
‘सो अभियानलाई पूर्णतः निषेध गर्ने कुत्सित उद्देश्य पूरा गर्नका लागि सम्बन्धित सामाजिक सञ्जाल प्रयोग कर्ताहरूलाई फौजदारी कानुनको दुरुपयोग गरी कडा सजाय गर्ने गराउने स्पष्ट मनसाय प्रकट गरी निर्वाचन आयोगले यही कात्तिक ८ गते जारी गरेको विज्ञप्तिप्रति हामी गम्भीर खेद प्रकट गर्न चाहन्छौँ,’ उनले भनेका छन्, ‘वर्तमान राष्ट्रिय राजनीतिलाई वर्षाैंदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताका लागि निर्वाचन आयोगका पदाधिकारीहरूले पदीय दुरुपयोग गरी गुलामी गरेको स्पष्ट हुन्छ ।’
आयोग आमनागरिकको विचार तथा अभिव्यक्तिको स्वतन्त्रतामा अंकुश लगाउनेतर्फ उद्यत रहेको पनि उनको आरोप छ । ‘निर्वाचन आयोगका पदाधिकारीबाट भएको यस्तो कार्य अशोभनीय मात्र नभई जनविरोधी पनि रहेको हाम्रो ठहर छ,’ उनले भनेका छन् ।
‘नो नट अगेन’ अभियानका क्रममा पोष्ट भएका सामग्रीहरु:
