स्याङ्जा, ६ कार्तिक । कमेडी च्याम्पियन सिजन २ का टप ५ मा पर्न सफल स्याङ्जाली कमेडियन विकास अर्याल अहिले चुनावी अभियानमा जुटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बोधराज रेग्मीलाई विजयी गराउन कमेडिएन विकास चुनावी प्रचारप्रसारमा होमिएका हुन् ।
आगामी नेतृत्व युवाको हुनुपर्ने र युवाको सहभागीताले देश समृद्धिको बाटोमा जाने उनि बताउँछन् । उनले भने–‘पुराना दलहरू र नेताहरूप्रतिको वितृष्णाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी र बोधराजलाई रोजेको हुँ, स्याङ्जामा पुराना दललाई हेरियो अब युवालाई जिताउनुपर्छ र देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ ।’
राष्ट्रिय स्वतन्त्र पार्टी बैकल्पिक राजनीतिक शक्तिको रुपमा २०७९ असार १७ गते रबि लामिछानेको नेतृत्वमा दर्ता भएको पार्टी हो । अहिले आक्रामक शैलीमा देशैभर चुनावी अभियानमा होमिएको छ । दलहरुको वेथिति र अराजकताका कारण यतिबेला आमजनतामा स्वतन्त्र दलप्रति थप उत्साह बढिरहेको देख्न पाईन्छ ।