News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

मानव सेवा आश्रमको सहयोगका लागि नेपथ्यको कन्सर्ट

आश्रमको भवन निर्माण र आपतकलीन अक्षयकोष स्थापनाका लागि 'मानवता लागि साङ्गीतिक यात्रा'

नेपथ्यका गायक अमृत गुरुङ र मानव सेवा आश्रमका संस्थापकरअध्यक्ष रामजी अधिकारी ।

काठमाडौं, ५ कार्तिक । मानव सेवा आश्रमको भवन निर्माण र आपतकलीन अक्षयकोष स्थापनाका लागि सांगितिक समूह नेपथ्यले नेपालका १० सहरमा ‘मानवता लागि साङ्गीतिक यात्रा’ गर्ने भएको छ ।

एक दशकदेखि सडकपेटी एवं सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी, सडकआश्रित मानवहरूको उद्धार गर्दै आइरहेको आश्रमले मानवीय सेवाको अभियानलाई थप प्रभावकारी बनाउन नेपथ्यसँग सहकार्य गरेको जनाएको छ । आश्रमका संस्थापक/अध्यक्ष रामजी अधिकारीका अनुसार नेपथ्यको सांगितिक कार्यक्रम विराटनगर, वीरगञ्ज, हेटौंडा, चितवन, नेपालगञ्ज, धनगढी, सुर्खेत, बुटवल, पोखरा र काठमाडौँमा हुनेछ ।

मानवसेवा आश्रमको विराटनगर, सर्लाही, वीरगञ्ज, लमजुङ, बागलुङ, गोरखा, पोखरा, धनगढी, ललितपुर र झापामा भवन निर्माण भइरहेको छ । हेटौंडा, चितवन र बुटवलमा निर्माण सम्पन्नको चरणमा पुगेको छ । आश्रमको शाखा रहेका अन्य सहरहरू सुर्खेत, भक्तपुर, जनकपुर र नेपालगञ्जमा जग्गा व्यवस्थापन एबं भवन निर्माण शुभारम्भको चरणमा रहेको छ ।

हाल निर्माणाधीन भवनहरूको निर्माण कार्य सम्पन्न गरी आश्रमले देशभरमा करिब दुई हजार पाँचसयजनालाई संरक्षण गर्न सक्ने क्षमता विकास गर्ने योजना आश्रमको छ ।