
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
पोखरा, ५ कार्तिक । देशका सातै प्रदेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुका लागि निर्वाचन निष्पक्ष रिपोर्टिङ तथा दुष्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथाम विषयक कार्यशाला सम्पन्न भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका समयमा आउन सक्ने भ्रामक, दुष्प्रचार र द्वेष फैलाउने किसिमका समाचारलाई रोक्दै निष्पक्ष भएर पत्रकारिता गर्न सचेत गराउने उद्देश्यले मिडिया एक्सन नेपालले उक्त कार्यशालाको आयोजना गरेको हो ।
विभिन्न चरणमा असोज १२ देखि सुरु भएको एक दिने प्रदेशस्तरीय कार्यशालाको अन्तिम दिन शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरामा सम्पन्न भएको छ । कार्यशालाका सहजकर्ता तथा मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले पत्रकारले विशेषत निर्वाचनको समयमा समाचारको तथ्य जाँच पटक–पटक गर्नुपर्नेमा जोड दिए । उनले निर्वाचनका बेला उम्मेदवार तथा राजनीतिक दलहरुले पत्रकारलाई माध्यम बनाएर आफ्नो प्रचारप्रसार गर्नसक्ने भएकाले पत्रकार अझ बढी चनाखो बन्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले निर्वाचनको समयमा पत्रकार कुनै प्रलोभनमा नपरी सत्य समाचार बाहिर ल्याउनुपर्नेमा जोड दिईन् । अहिलेसम्मको निर्वाचनमा गण्डकी प्रदेशमा अमर्यादित तथा भ्रामक किसिमका समाचार सम्प्रेषण कमै हुने गरेको दावी गर्दै उनले पत्रकारिताको आचारसंहिता भित्र रहनुपर्नेमा सचेत गराईन् ।
मिडिया एक्शन नेपालका सचिव गनेश घिमिरेले पत्रकारले मानवअधिकारको मुद्दामा संवेदनशील र सन्तुलित भएर रिपोर्टिङ गर्नुपर्नेमा जोड दिए । यस्तै कार्यशालाका सहजकर्ता मानवअधिकार विशेषज्ञ सन्तोष क्षेत्रीले डिजिटलाइज्ड समयमा पत्रकारका कारण दुष्प्रचार तथा द्वेष सजिलोसँग फैलन सक्ने जोखिम भएकाले शब्द चयन तथा समाचारको दृष्टिकोणमा संवेदनशील हुन पत्रकारलाई आग्रह गरेका छन् ।
कार्यशालामा सहभागी पत्रकार सुमन गुरुङले निर्वाचनमा राजनीतिक दल र भोटमात्र नभई निर्वाचनका अन्य मुद्दामा पनि लेख्ने बताउदैं निष्पक्ष रिपोर्टिङ गर्ने प्रतिबद्धता जनाएका थिए । यस्तै पत्रकार रिना थापाले कार्यशाला फलदायी भएको भन्दै दुष्प्रचार हुनसक्ने जोखिमबाट सचेत भई रिपोर्टिङ गर्ने बताईन् । कार्यशालामा २० जना पत्रकारको उपस्थिति रहेको थियो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश