
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
६पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
पोखरा, ४ कार्तिक । आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तरगत कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार रामजी प्रसाद बराल ‘जीवन’ले यस क्षेत्रको सम्बृद्धिका लागि कृषि र पर्यटनको सँगसँगैं विकास हुनुपर्ने बताएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको पाँच दलीय गठबन्धनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उम्मेदवार बरालले कृषि र पर्यटनको समानान्तर विकासले मात्रै यो क्षेत्रको मुहार फेरिने दावी गरे ।
यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुलाई जोगाउँदै वातावरणीय संरक्षण सहितको विकास गर्ने आफ्नो सपना रहेको बरालले बताए । ‘कास्की क्षेत्र ३ लाई विकास र समृद्धिका दृष्टिले एकपटक जुरुक्कै उचाल्ने आफ्नो योजना छ’, उनको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मनोज गुरुङले सो क्षेत्रबाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रामजीप्रसाद बराललाई नेपाली कांग्रेसको उम्मेदवार मानेर मतदान गर्न कांग्रेस कार्यकर्तालाई आह्वान गरे ।
सभापति गुरुङले टिकटको र विगतको तिक्तता बिर्सेर चुनाबमा होमिन सबै कांग्रेसीजन र गठबन्धनमा आवद्ध दलहरुलाई आग्रह गरे ।
‘म पनि टिकटको आकांक्षी थिएँ । टिकट रामजीजीले पाएपछि एक/दुई दिन त मलाई पनि गाह्रो भयो’, गुरुङले भने–‘पछि उहाँ र म भेट्दै गयौँ । बुझ्दै गयौं । अब त उहाँ अब गठबन्धनको हैन, कांग्रेसको उम्मेदवार जस्तो लागेको छ ।’
द्वन्द्वकालीन तिक्तता र घाउहरु बिसर्नुपर्ने पनि गुरुङको भनाई थियो । उनले संघमा र प्रदेश सभामा कांग्रेसको नेतृत्वमा फेरि सरकार बनाउन पनि गठबन्धनको जीत आवश्यक भएको बताए ।
प्रदेश ख का उम्मेदवार प्रकाश बरालले फेवाताल र अन्नपूर्ण वेस क्याम्पलाई जोडेर यो क्षेत्रको विकास गर्ने योजना सार्वजनिक गरे । नेता बरालले उडन्ते र प्रचारका कुरा गर्ने तर कामको सिन्को नभाँच्ने आफ्नो बानी नरहेको भन्दै जनता सामु गरेका प्रतिबद्दता पूरा गर्ने दृढता व्यक्त गरे ।
नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका कार्यवाहक अध्यक्ष शुशिल भट्टचनले गठबन्धनको बैठकपछि अब खुलेर चुनाबमा जाने वातावरण बनेको धारणा सार्वजनिक गरे । ‘अब अन्नपूर्ण गाउँपालिकामा जय नेपाल र लाल सलामको नारासँगै घन्काएर जयलाल भन्दै चुनाबी अभियान गरिनेछ’, उनले भने ।
यससँगै अन्नपूर्णको चुनावी कार्यालयको कार्यालय पनि सुरु भएको छ । नौडाँडामा स्थापना गरिएको कार्यालयको उम्मेदवार र नेताहरुले उद्घाटन गरेका छन् । कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक राजबहादुर गुरुङले गाउँपालिकाको घरदैलोको कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा निर्वाचन प्रचार प्रसार समितिका सहसंयोजक त्रिभुवन पौडेलले बाम लोकतान्त्रिक गठबन्धनका कारण संविधान र गणतन्त्र जोगिएको स्मरण गर्दै व्यवस्था जोगाउने पार्टीका नेताहरु मिल्नुले व्यवस्था बलियो भएको सन्देश जनतामा पुगेको दावी गरे ।
नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँबर, माओवादी केन्द्रका नेताहरु चुडामणी अधिकारी, भेषराज पौडेल, नेसपाका युवा नेता नेत्र चापागाई र नेकपा एसका पालिका अध्यक्ष भरत देवकोटालगायतले मन्तव्य राखेका थिए ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ