
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, ४ कार्तिक । आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन अन्तरगत कास्की क्षेत्र नम्बर ३ का उम्मेदवार रामजी प्रसाद बराल ‘जीवन’ले यस क्षेत्रको सम्बृद्धिका लागि कृषि र पर्यटनको सँगसँगैं विकास हुनुपर्ने बताएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाको पाँच दलीय गठबन्धनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उम्मेदवार बरालले कृषि र पर्यटनको समानान्तर विकासले मात्रै यो क्षेत्रको मुहार फेरिने दावी गरे ।
यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरुलाई जोगाउँदै वातावरणीय संरक्षण सहितको विकास गर्ने आफ्नो सपना रहेको बरालले बताए । ‘कास्की क्षेत्र ३ लाई विकास र समृद्धिका दृष्टिले एकपटक जुरुक्कै उचाल्ने आफ्नो योजना छ’, उनको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मनोज गुरुङले सो क्षेत्रबाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रामजीप्रसाद बराललाई नेपाली कांग्रेसको उम्मेदवार मानेर मतदान गर्न कांग्रेस कार्यकर्तालाई आह्वान गरे ।
सभापति गुरुङले टिकटको र विगतको तिक्तता बिर्सेर चुनाबमा होमिन सबै कांग्रेसीजन र गठबन्धनमा आवद्ध दलहरुलाई आग्रह गरे ।
‘म पनि टिकटको आकांक्षी थिएँ । टिकट रामजीजीले पाएपछि एक/दुई दिन त मलाई पनि गाह्रो भयो’, गुरुङले भने–‘पछि उहाँ र म भेट्दै गयौँ । बुझ्दै गयौं । अब त उहाँ अब गठबन्धनको हैन, कांग्रेसको उम्मेदवार जस्तो लागेको छ ।’
द्वन्द्वकालीन तिक्तता र घाउहरु बिसर्नुपर्ने पनि गुरुङको भनाई थियो । उनले संघमा र प्रदेश सभामा कांग्रेसको नेतृत्वमा फेरि सरकार बनाउन पनि गठबन्धनको जीत आवश्यक भएको बताए ।
प्रदेश ख का उम्मेदवार प्रकाश बरालले फेवाताल र अन्नपूर्ण वेस क्याम्पलाई जोडेर यो क्षेत्रको विकास गर्ने योजना सार्वजनिक गरे । नेता बरालले उडन्ते र प्रचारका कुरा गर्ने तर कामको सिन्को नभाँच्ने आफ्नो बानी नरहेको भन्दै जनता सामु गरेका प्रतिबद्दता पूरा गर्ने दृढता व्यक्त गरे ।
नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाका कार्यवाहक अध्यक्ष शुशिल भट्टचनले गठबन्धनको बैठकपछि अब खुलेर चुनाबमा जाने वातावरण बनेको धारणा सार्वजनिक गरे । ‘अब अन्नपूर्ण गाउँपालिकामा जय नेपाल र लाल सलामको नारासँगै घन्काएर जयलाल भन्दै चुनाबी अभियान गरिनेछ’, उनले भने ।
यससँगै अन्नपूर्णको चुनावी कार्यालयको कार्यालय पनि सुरु भएको छ । नौडाँडामा स्थापना गरिएको कार्यालयको उम्मेदवार र नेताहरुले उद्घाटन गरेका छन् । कार्यक्रममा निर्वाचन परिचालन समितिका संयोजक राजबहादुर गुरुङले गाउँपालिकाको घरदैलोको कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा निर्वाचन प्रचार प्रसार समितिका सहसंयोजक त्रिभुवन पौडेलले बाम लोकतान्त्रिक गठबन्धनका कारण संविधान र गणतन्त्र जोगिएको स्मरण गर्दै व्यवस्था जोगाउने पार्टीका नेताहरु मिल्नुले व्यवस्था बलियो भएको सन्देश जनतामा पुगेको दावी गरे ।
नेपाली कांग्रेस कास्कीका उपसभापति युवराज कुँबर, माओवादी केन्द्रका नेताहरु चुडामणी अधिकारी, भेषराज पौडेल, नेसपाका युवा नेता नेत्र चापागाई र नेकपा एसका पालिका अध्यक्ष भरत देवकोटालगायतले मन्तव्य राखेका थिए ।