
१रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
३रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
४रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
५नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
६प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
७सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१२लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा, २४ असोज । गठबन्धन विरुद्ध विद्रोह गर्दै नेपाली कांग्रेसका नेता महादेव गुरुङले कास्की निर्वाचन क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनका तर्फबाट एकीकृत समाजवादीको भागमा परेको यो क्षेत्रबाट गुरुङले मनोनयन दर्ता गरेका हुन् ।
कांग्रेसका पुराना, जुझारु एवं पूर्वराज्यमन्त्री गुरुङको उम्मेदवारी दर्तामा प्रस्तावकका रुपमा बालगोपाल श्रेष्ठ र समर्थकमा सूर्य लम्साल रहेका छन् ।
यता, सत्ता गठबन्धनका तर्फबाट कास्की क्षेत्र नं. २ मा नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले उम्मेदवारी दर्ता गराएका छन् ।
गुरुङले कांग्रेसले आफ्नो आदर्श, मूल्य, मान्यता र सिद्धान्तबाट विचलित भएको भन्दै उम्मेदवारी दिएको बताए । आफूसँग जनता भएको र पहिला पनि चुनाव जितेको हुँदा जनताले पुनः जिताउनेमा उनी ढुक्क देखिन्छन् । यदि, गुरुङले उम्मेदवारी फिर्ता नलिने हो भने गठबन्धनका उम्मेदवार बराललाई ठुलो धक्का लाग्ने कांग्रेस कार्यकर्ताहरुको भनाई छ । गठबन्धनका नाममा पुराना, इमान्दार र राष्ट्रभक्त नेताहरुमाथि अन्याय हुँदै गएपछि त्यसैको विरोधमा नेता गुरुङले विद्रोह गर्नुपर्ने बाध्यात्मक अवस्था आएको कांग्रेस कार्यकर्ताहरुको बुझाई छ ।
यता, कास्की– ३ बाट प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धन र एमाले दुबैका विरूद्ध बागी उम्मेदवारी परेको छ । माओवादी उम्मेदवारका विरुद्ध सहिद पुत्री र एमालेका नेता विरुद्ध कार्यकर्ताले बागी उम्मेदवारी दिएका हुन् ।
माओवादी केन्द्रका तर्फबाट कास्की क्षेत्र नं. ३ मा नेता रामजी बरालको उम्मेदवारी परेकोमा उनका विरुद्ध सहिद पुत्री अनिता भुर्तेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् । पार्टीले सहिद, वेपत्ता, घाइते, अपाङ्ग परिवारप्रति वेवास्ता गरेको भन्दै सहिद पुत्री अनिताले उम्मेदवारी दिएकी हुन् ।
एमालेले उक्त क्षेत्रबाट दामोदर पौडेल ‘बैरागी’ लाई उठाएको छ। बैरागीले उम्मेदवारी दिएपछि एमाले कार्यकर्ता जगन्नाथ बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । बास्तोलाले पार्टीले उचित मूल्यांकन नगरेको भन्दै बागी उम्मेदवारी दिनु परेको बताएका छन् ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए