
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१०मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, २३ साउन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गते उद्घाटन हुने भएको छ । ९८ प्रतिशत भौतिक काम सकिई सकिसकेको र अब २ प्रतिशत उडान परीक्षण (क्यालिब्रेसन) लगायतका स–सना काम मात्र बाँकी भएसँगैं जनवरी १ तारिखको दिनमा उद्घाटन गर्ने निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको आइतबार बसेको बैठकले गरेको हो ।
विमानस्थल २२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले निर्माण कार्य सम्पन्न गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चाक समितिको बैठक आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको थियो । बैठकमा चिनियाँ कम्पनीले विमानस्थल हस्तान्तरण गरिसकेपछि प्राधिकरणले क्यालिब्रेसन उडान गर्ने जनाएको छ ।
विमानस्थलको निर्माण कार्य पाँचवर्षअघि देखि शुरु गरिएको थियो । नेपाल सरकारले चीनको एक्जिम बैंकबाट ऋण लिएर विमानस्थल निर्माण गरेको हो । कोभिडका कारण पछिल्लोपटक २०२२ को डिसेम्बरसम्म ठेकेदार कम्पनीलाई समयसीमा तोकिएको थियो । तर, ठेकेदार कम्पनीले दुई महिनाअघि नै विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।