News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गते उद्घाटन हुने

चिनियाँ कम्पनीले विमानस्थल हस्तान्तरण गरिसकेपछि प्राधिकरणले क्यालिब्रेसन उडान गर्ने

पोखरा, २३ साउन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गते उद्घाटन हुने भएको छ । ९८ प्रतिशत भौतिक काम सकिई सकिसकेको र अब २ प्रतिशत उडान परीक्षण (क्यालिब्रेसन) लगायतका स–सना काम मात्र बाँकी भएसँगैं जनवरी १ तारिखको दिनमा उद्घाटन गर्ने निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समितिको आइतबार बसेको बैठकले गरेको हो ।

विमानस्थल २२ अर्ब रुपैयाँ चिनियाँ ऋणमा ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले निर्माण कार्य सम्पन्न गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चाक समितिको बैठक आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको थियो । बैठकमा चिनियाँ कम्पनीले विमानस्थल हस्तान्तरण गरिसकेपछि प्राधिकरणले क्यालिब्रेसन उडान गर्ने जनाएको छ ।

विमानस्थलको निर्माण कार्य पाँचवर्षअघि देखि शुरु गरिएको थियो । नेपाल सरकारले चीनको एक्जिम बैंकबाट ऋण लिएर विमानस्थल निर्माण गरेको हो । कोभिडका कारण पछिल्लोपटक २०२२ को डिसेम्बरसम्म ठेकेदार कम्पनीलाई समयसीमा तोकिएको थियो । तर, ठेकेदार कम्पनीले दुई महिनाअघि नै विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।