News Portal

ताजा शिर्षकहरु

प्रमुख समाचार

पहिरोमा पुरिएर म्याग्दीमा एकै परिवारका पाँचजनाको मृत्यु

म्याग्दीको विकट मालिका गाउँपालिका–२ रुममा पहिरो जाँदा धनजनको क्षति

म्याग्दी, १७ साउन । अविरल परेको वर्षाका कारण पहिरो जाँदा म्याग्दीमा एकै घरपरिवारका पाँचजनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । म्याग्दीको विकट ठाउँमा रहेको मालिका गाउँपालिका–२ रुममा घामबहादुर विकको घर पहिरोले पुरिएको थियो ।

पहिरोमा पुरिएर मृत्यु हुनेहरूमा ३६ वर्षीय घामबहादुर बिक, उनकी श्रीमती ३४ वर्षीया राममाया बिक, उनका छोराहरू १८ वर्षीय नविन, १४ वर्षीय राजन र छोरी ७ वर्षीया अस्मी रहेका छन् । साथै सोही पहिरोमा परेर सोही ठाउँ बस्ने ६५ बर्षीय गोठे बिक र उनकी श्रीमती ६५ बर्षीया गोरी बिक घाईते भएका छन् । घाईतेहरुको नजिकैको स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

पहिरोका कारण ३ वटा घर, १ वटा गोठ पुरिएको छ भने कतिपय चौपायाहरुको मृत्यु हुनुका साथै केही वेपत्ता समेत भएका छन् । प्रहरीका अनुसार एउटा भैंसी मरेको छ भने एउटा राँगो र खच्चड वेपत्ता भएका छन् ।