
१डुलुवाको अध्यक्षमा योगेश भट्टराई
२सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
७मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
८मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
९सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१०रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
११किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा, १० साउन । जनप्रिय बहुमुखी क्याम्पस पोखरा–८, सिमलचौरमा एमफिल/पिएचडीको योग्यतालाई प्राथमिकता दिदैं क्याम्पस प्रमुखका लागि यहीँ साउन ३ गते दरखास्त आह्वान गरिएको विषयलाई लिएर चलखेल गर्न सञ्चालक समितिका केही सदस्यहरुले गलत गतिविधिहरु गरेको भन्दै अध्यक्ष तारा गिरीले आपत्ति व्यक्त गरेका छन् ।
क्याम्पसको उन्नयन र श्रीवृद्धिलाई नरुचाउने, नाफामुखी निजी शिक्षण संस्थाहरू चलाउने केही शैक्षिक माफियाहरू, संस्थालाई परिवारवादको चङ्गुलमा राख्न खोज्ने, आर्थिक पारदर्शीता र सुशासनलाई धज्जी उडाउने, सीमित आत्माकेन्द्रित व्यक्तिहरूले सञ्चालक समितिको बैठक छिटो बस्नु प¥यो भन्दै केही सञ्चालक समितिका सदस्यहरूको घरघरमा गई हस्ताक्षर सङ्कलन गर्ने दुष्प्रयास भएको भन्दै अध्यक्ष गिरीले यस घटनाको निन्दा गरेका छन् ।
अध्यक्ष गिरीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्–‘ क्याम्पसको उन्नयन र श्रीवृद्धिलाई नरुचाउने, नाफामुखी निजी शिक्षण संस्थाहरू चलाउने केही शैक्षिक माफियाहरू, संस्थालाई परिवारवादको चङ्गुलमा राख्न खोज्ने, आर्थिक पारदर्शीता र सुशासनलाई धज्जी उडाउने, सीमित आत्माकेन्द्रित व्यक्तिहरूले सञ्चालक समितिको बैठक छिटो बस्नु प¥यो भन्दै केही सञ्चालक समितिका सदस्यहरूको घरघरमा गई हस्ताक्षर सङ्कलन गर्ने दुष्प्रयास घोर निन्दनीय छ ।’
जनप्रिय क्याम्पस जनस्तरबाट खोलिएको नाफारहित, सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले स्थापित शैक्षिक केन्द्र हो । संस्थालाई राजनीतिक स्वार्थभन्दा माथि राखी, सुशासन, पारदर्शीता र जवाफदेहिताको पथमा अघि बढेको क्याम्पसमा अस्थिरता चाहने तत्वलाई निधेष गर्नु नै जनप्रियको शाख कायम राख्नु आजको आवश्यकता रहेको अध्यक्ष गिरीको भनाई छ ।
विज्ञप्तिमा यस क्याम्पसका सञ्चालक समितिका पूर्व तथा वर्तमान पदाधिकारी एवम् सदस्य, सल्लाहकार, सम्मानार्थ संरक्षक, संस्थापक प्राध्यापक, सिनेटर, अभिभावक, नागरिक समाजका अगुवा, राजनीतिक दलमा आवद्ध व्यक्तित्व, विद्यार्थी संघ र सङ्गठनहरू समेत सबैलाई क्याम्पसको गतिशिलताका लागि खबरदारी गर्न आह्वान गर्दै हल्ला र भ्रमका पछाडि नलाग्न समेत अध्यक्ष गिरीले अपिल गरेका छन् ।
पोखरामा विगत ३ दशकदेखि यस क्षेत्रका शिक्षाप्रेमी, समाजसेवी, नागरिक समाजका अगुवा, तत्कालीन श्रृजना युवा क्लव हालको श्रृजना विकास केन्द्रको अगुवाई एवम् विभिन्न सङ्घसंस्थाको सामूहिक पहलमा स्थापित र सञ्चालित जनप्रिय बहुमुखी क्याम्पस गण्डकी प्रदेशको मात्रै नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा परिचित शैक्षिक संस्था हो ।
क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट गुण मापन तथा प्रत्ययानको प्रमाणपत्र दुईपटक पाइसकेको छ । वि.सं. २०७२ र २०७३ मा शिक्षा मन्त्रालयबाट मुलुकभरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट क्याम्पसका रूपमा पुरस्कृत भएको थियो । आफ्नै स्वायत्त कार्यक्रम लागू गरी गुणस्तरीय उच्चशिक्षा दिँदै मानित विश्वविद्यालय उन्मुख यस जनप्रिय बहुमुखी क्याम्पसले शैक्षिक गतिविधि अब्बल रूपमा सम्पादन गर्दै आएको छ ।

१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन