
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा, १० साउन । जनप्रिय बहुमुखी क्याम्पस पोखरा–८, सिमलचौरमा एमफिल/पिएचडीको योग्यतालाई प्राथमिकता दिदैं क्याम्पस प्रमुखका लागि यहीँ साउन ३ गते दरखास्त आह्वान गरिएको विषयलाई लिएर चलखेल गर्न सञ्चालक समितिका केही सदस्यहरुले गलत गतिविधिहरु गरेको भन्दै अध्यक्ष तारा गिरीले आपत्ति व्यक्त गरेका छन् ।
क्याम्पसको उन्नयन र श्रीवृद्धिलाई नरुचाउने, नाफामुखी निजी शिक्षण संस्थाहरू चलाउने केही शैक्षिक माफियाहरू, संस्थालाई परिवारवादको चङ्गुलमा राख्न खोज्ने, आर्थिक पारदर्शीता र सुशासनलाई धज्जी उडाउने, सीमित आत्माकेन्द्रित व्यक्तिहरूले सञ्चालक समितिको बैठक छिटो बस्नु प¥यो भन्दै केही सञ्चालक समितिका सदस्यहरूको घरघरमा गई हस्ताक्षर सङ्कलन गर्ने दुष्प्रयास भएको भन्दै अध्यक्ष गिरीले यस घटनाको निन्दा गरेका छन् ।
अध्यक्ष गिरीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्–‘ क्याम्पसको उन्नयन र श्रीवृद्धिलाई नरुचाउने, नाफामुखी निजी शिक्षण संस्थाहरू चलाउने केही शैक्षिक माफियाहरू, संस्थालाई परिवारवादको चङ्गुलमा राख्न खोज्ने, आर्थिक पारदर्शीता र सुशासनलाई धज्जी उडाउने, सीमित आत्माकेन्द्रित व्यक्तिहरूले सञ्चालक समितिको बैठक छिटो बस्नु प¥यो भन्दै केही सञ्चालक समितिका सदस्यहरूको घरघरमा गई हस्ताक्षर सङ्कलन गर्ने दुष्प्रयास घोर निन्दनीय छ ।’
जनप्रिय क्याम्पस जनस्तरबाट खोलिएको नाफारहित, सर्वसुलभ शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले स्थापित शैक्षिक केन्द्र हो । संस्थालाई राजनीतिक स्वार्थभन्दा माथि राखी, सुशासन, पारदर्शीता र जवाफदेहिताको पथमा अघि बढेको क्याम्पसमा अस्थिरता चाहने तत्वलाई निधेष गर्नु नै जनप्रियको शाख कायम राख्नु आजको आवश्यकता रहेको अध्यक्ष गिरीको भनाई छ ।
विज्ञप्तिमा यस क्याम्पसका सञ्चालक समितिका पूर्व तथा वर्तमान पदाधिकारी एवम् सदस्य, सल्लाहकार, सम्मानार्थ संरक्षक, संस्थापक प्राध्यापक, सिनेटर, अभिभावक, नागरिक समाजका अगुवा, राजनीतिक दलमा आवद्ध व्यक्तित्व, विद्यार्थी संघ र सङ्गठनहरू समेत सबैलाई क्याम्पसको गतिशिलताका लागि खबरदारी गर्न आह्वान गर्दै हल्ला र भ्रमका पछाडि नलाग्न समेत अध्यक्ष गिरीले अपिल गरेका छन् ।
पोखरामा विगत ३ दशकदेखि यस क्षेत्रका शिक्षाप्रेमी, समाजसेवी, नागरिक समाजका अगुवा, तत्कालीन श्रृजना युवा क्लव हालको श्रृजना विकास केन्द्रको अगुवाई एवम् विभिन्न सङ्घसंस्थाको सामूहिक पहलमा स्थापित र सञ्चालित जनप्रिय बहुमुखी क्याम्पस गण्डकी प्रदेशको मात्रै नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा परिचित शैक्षिक संस्था हो ।
क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट गुण मापन तथा प्रत्ययानको प्रमाणपत्र दुईपटक पाइसकेको छ । वि.सं. २०७२ र २०७३ मा शिक्षा मन्त्रालयबाट मुलुकभरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट क्याम्पसका रूपमा पुरस्कृत भएको थियो । आफ्नै स्वायत्त कार्यक्रम लागू गरी गुणस्तरीय उच्चशिक्षा दिँदै मानित विश्वविद्यालय उन्मुख यस जनप्रिय बहुमुखी क्याम्पसले शैक्षिक गतिविधि अब्बल रूपमा सम्पादन गर्दै आएको छ ।

१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल