News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज प्रमुख समाचार

श्रीमतीको हत्या गरेर भाग्न खोज्दा श्रीमानको पनि मृत्यु

चितवन, ९ साउन । वैदेशिक रोजगारीबाट डेढ महिना अघि मात्र घर फर्किएका एक श्रीमानले आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । श्रीमतीको हत्या गरेर घरको छतबाट भाग्न खोज्दा तीनतलामाथिबाट खसेर श्रीमानको पनि मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा ३५ वर्षीया श्रीमती रुष्मा आचार्य (घिमिरे) र ४३ वर्षीय श्रीमान कृष्णप्रसाद आचार्य रहेका छन् ।

भरतपुर महानगरपालिका वडा नं. १० रमाइलो चोक बस्ने ४३ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवाद हुँदा धारिलो हतियार प्रहार गरेर घरको बैठक कोठामा नैं गम्भिर घाइते बनाएका थिए । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घरको तीनतला माथिबाट हामफालेका श्रीमान कृष्णप्रसाद गम्भिर घाइते भएर उपचार गर्ने क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको थियो । दुबै जनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

डेढ महिना अघि मात्रै वैदेशिक रोजगारीबाट फर्किएका कृष्णप्रसाद र उनकी श्रीमती रुष्मा बीच घरायसी कुरामा झगडा हुने गरेको छिमेकीहरुले बताएका छन् । शिक्षण पेशा गर्ने श्रीमती र उनका श्रीमान कृष्णप्रसाद बीच बोलचालसमेत नभएको र सोही घरमा अलग अलग फ्ल्याटमा बस्ने गरेका थिए । उनीहरुको १२ वर्षीय एक छोरी पनि छिन् । उनीहरुको १२ वर्षीया एक छोरी छिन् ।

रुष्मा घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेखेको यो स्टाटस : “वितेको समय र आउने समयको चिन्ता नगर । किनभने जे हुनुछ, त्यो भएरै छाड्छ । जे हुन्छ, राम्रो हुन्छ । यसैले वर्तमानको आनन्द लिनुहोस् ।’

डनन्यूज ट्रेन्डिङ