
१‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
२गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
८वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
९गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
पोखरा, ९ साउन । पोखरा महानगरपालिकामा सर्वसाधारणले तिरेको करबाट ३ करोड ७० लाख ७१ हजार रुपैयाँ गायब भएको छ । उक्त रकम खोजबिन गर्न महानगरले चार्टर्ड एकाउन्टेन्टसम्बन्धी संस्थालाई आह्वान गरे पनि ३ वटा कम्पनीले काम छाडेर गएको सूचना अधिकारी भरतराज पौडेलले बताए ।
‘महानगरको राजश्व कसरी र कहाँ गायब हुन पुग्यो भनेर छानबिन गर्न चार्टर्ड एकाउन्टेन्टलाई जिम्मा लगाएका थियौं, तीन वटा कम्पनीले छानबिन नै नगरी बिचमा नैं छोडे,’ उनले भने, ‘अहिले अर्को चार्टर्ड एकाउन्टेन्टलाई छानबिनको जिम्मा दिने तयारीमा छौं ।’
महानगरको आम्दानी खातामा आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ७६ करोड ५३ लाख १८ हजार रुपैयाँ सर्वसाधारणको करबाट जम्मा भएको थियो। जबकी सोही अवधिमा महानगरको राजश्व शाखाले भने १ अर्ब ८४ करोड ३१ लाख ९६ हजार आम्दानी भएको देखाएको छ । बैंक खातामा जम्मा भएको राजश्व र महानगरको राजश्व शाखाले बाँधेको आम्दानीमा ३ करोड ७० लाख ७१ हजार हराएपछि महालेखा परीक्षकको प्रतिवेदनले पनि प्रश्न उठाएको छ । प्रतिवेदनमा गायब भएको रकमको यथार्थ विवरण पेश गर्न भनेको छ ।
महालेखा परिक्षकको अघिल्लो प्रतिवेदनमा पोखरा महानगरबाट सर्वसाधारणले तिरेको करबाट १३ करोड गायब भएको औंल्याएको थियो । त्यतिबेला महानगरले हिसाब मिलान गर्न बाँकी रहेको भन्दै पन्छिएको थियो । गायब भएको उक्त रकममा १० करोड रुपैयाँ सम्बन्धित व्यक्तिले दाखिला गरेको र बाँकी रकमका रूपमा अहिले ३ करोड ७० लाख देखिएको जनाएको छ ।
महानगरका कर्मचारी, केही करदाता कम्पनीको मिलेमतोमा राजश्व गायब भएको महानगरकै एक अधिकृतले बताए । राजश्वमा आम्दानी बाँधेर बैंकमा दाखिला नगरेका कारण उक्त रकम हराएको हुन सक्ने ती अधिकृतको भनाइ छ । महानगरले छानबिन गर्न जिम्मा लगाएका चार्टर्ड एकाउन्टेन्टलाई पनि उनीहरूकै मिलेमतोमा भगाउने गरेको उनको दाबी छ । सेतोपाटी डटकम
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?