News Portal

ताजा शिर्षकहरु

Uncategorized क्राईम–न्यूज प्रमुख समाचार

एउटै रुखमा तीनजना किशोरी झुण्डिएको अवस्थामा मृत फेला

झापा, ८ साउन । झापाको कचनकवल गाउँपालिकामा एउटै रूखमा तीन किशोरी मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार तीनै जना कचनकवल गाउँपालिका–५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोशी चिया बगानको बयरको रूखमा झुण्डिएको अवस्थामा भेटिएका हुन्।

शनिबार हराएका उनीहरु मध्ये दुई जना गाईवस्तु बाँध्न प्रयोग हुने डोरी र एकजना सलमा झुण्डिएका थिए । दुई जना एउटै हाँगामा र एक जना अर्को हाँगामा झुन्डिएको अवस्थामा भेटिएको थियो । यसरी मृत अवस्थामा भेटिनेहरुमा कचनकवल–५ की १६ वर्षीया करिना गणेश, १७ वर्षीया अञ्जली गणेश र १६ वर्षीया कल्पना गणेश रहेका छन् ।

प्रारम्भिक अनुसन्धानमा आत्महत्या देखिए पनि कारण खुल्न नसकेको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल नेपाल–भारत सीमा क्षेत्रमा पर्छ ।

प्रहरीले तीनै जनाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरेको छ । प्रारम्भिक छानबिनका क्रममा उनीहरुले आत्महत्या गरेको हुनसक्ने आशंका गरिए पनि कारण खुलेको छैन ।