
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
पोखरा, ४ साउन । ललितपुर भैसेपाटीमा रहेको नेपाल मेडिसिटी हस्पिटलमा चिकित्सक र अस्पताल प्रशासनको लापरवाहीका कारण आफन्तको मृत्यु हुन पुगेको भन्दै परिवारजनले घटनाको छानबिन र दोषीमाथि कारवाहीको माग गरेका छन् ।
पोखराका ७५ वर्षीय योगेन्द्रबहादुर बस्नेतको चिकित्सकको हेलचेक्र्याइले जेठ २५ गते निधन भएको भन्दै छोरा समिरबहादुर बस्नेतले छानबिनको माग गरेका हुन् । छोरा समिरले बुबाको उपचारका क्रममा लापरवाही भएको यथेष्ट आधार र प्रमाणहरु भेटिएको भन्दै घटनामा संलग्न चिकित्सकदेखि अस्पताल प्रशासन समेतलाई कारवाहीको माग गरेका छन् ।
नेपाल मेडिकल काउन्सिल र अस्पताल प्रशासनमा समेत घटनाको छानबिन गर्न उजुरी दिइएको भएपनि अहिलेसम्म अस्पताल प्रशासनले यस विषयमा सोधपुछ गर्दा फोन नउठाउने, वेवास्ता गर्ने र समय गुजार्ने बाहेक छानबिनको कुनै प्रक्रिया नै शुरु नगरेपछि परिवारजनले पत्रकार सम्मेलन गर्दै छानबिनका लागि सार्वजनिक अपिल गरेका छन् ।

नेपाल मेडिसिटी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बुबा योगेन्द्रबहादुर बस्नेतको निधन भएको सम्बन्धमा पत्रकार सम्मेलन गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै छोरा समिरबहादुर बस्नेत । तस्विर: सुदर्शन रञ्जित/डन न्यूज
जेठ १७ गते छोरा समिरले बुबाको सामान्य स्वास्थ्य चेकजाँच गर्न मेडिसिटी अस्पताल लगेका थिए । चिकित्सकले चेकजाँचका क्रममा पित्त थैलीको अपरेशन गर्नुपर्ने बताएपछि जेठ २२ गते नैं ल्याप्रोस्कोपी विधिद्वारा शल्यक्रिया गरिएको थियो । तर सोही शल्यक्रियाको क्रममा सम्बन्धित चिकित्सक, सहयोगी र अस्पताल प्रशासनले विरामीको स्वास्थ्य अवस्थाको बारेमा गम्भिरताका साथ नलिदाँ विरामीको मृत्यु हुन पुगेको थियो ।
पत्रकार सम्मेलन गर्दै छोरा समिरले केही प्रश्नहरुको जवाफ र न्यायका लागि सम्बन्धित निकायसँग अनुरोध गरेका छन् । पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा बुँदागत रुपमा परिवारजनहरुले उपचारका क्रममा देखिएका त्रुटि, चिकित्सकको लापरवाही र अस्पताल प्रशासनसँग छानबिनका लागि दिइएको निवेदनका सम्बन्धमा पनि प्रश्न उठाएका छन् ।
प्रेस वक्तव्य
पत्रकार साथीहरु !
नेपाली स्वास्थ्य संस्थाहरुप्रति गरिएको विश्वास र हाम्रो विश्वासमाथि कुठाराघात गर्दै स्वास्थ्य संस्थाकै गम्भीर लापरबाहीका कारण एक जना सामान्य विरामीको कसरी ज्यान जान्छ भन्ने दुखद् र पीडादयी घटना यहाँ उजागर गर्न गइरहेको छु । जुन मेरो परिवारमाथि नै घटेको घटना हो ।
मेरो बुवा योगेन्द्रबहादुर बस्नेतलाई मैले नियमित स्वास्थ जाँचको लागि मिति २०७९/२/१७ गते नख्नुस्थित नेपाल मेडिसिटी हस्पिटलमा लगेको थिएँ । स्वास्थ्य जाँचको लागि उक्त हस्पिटलका जानेबित्तिकै डा. सुनील शर्मासँग परामर्श गरेका थियौं । शर्माले पित्त थैलीको अपरेशन गर्नुपर्छ भन्नुभयो । उहाँले भनेअनुसार नै भर्ना भई मिति २०७९/२/२२ गते मेरो बुवाको ल्याप्रोस्कोपी विधिद्वारा अपरेसन भएको थियो ।
मेरो बुवा उच्च रक्तचापको विरामी भएको हुँदा उहाँले प्रयोग गर्दै आउनुभएको वारफारिन (Warfarin) नामक औषधी अपरेशन हुनुभन्दा ७२ घण्टा अगावै बन्द गरिएको थियो । अपरेशन गर्ने बेलामा उच्च जोखिम (High risk) छ भनिएको र इलेक्टिभ केस (Elective Case) मा उच्च जोखिम (High risk) किन लिइएको सो कुरा बुझ्न सकेनौं । अपरेशन पश्चात अपरेशन नर्मल भएको र करिब २४ घण्टापछि वार्डमा सिफ्ट गरिएको थियो । उक्त समयमा विरामीलाई हस्पिटलले उपलब्ध गराउने सामान्य डाईट (diet) खुवाई १/२ दिनमा डिस्चार्ज गर्ने कुरा भएको थियो । २०७९/०२/२४ गते बेलुका करिब ६ बजेतिरबाट विरामीले अपरेशन गरेको ठाउँमा दुखेको भनेको हुँदा नर्सिङ स्टेसनमा खबर गरिएको थियो । सो पश्चात प्रेसर, पल्स नाप्दा सामान्य रहेको भनियो । तत् पश्चात विरामी ट्वाइलेट जाँदा अचानक ढल्नुभई मुख बाँगिएको थियो ।

७५ वर्षीय योगेन्द्रबहादुर बस्नेत, जसको नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीले चरम लापरवाहीका कारण मृत्यु हुन पुगेको भन्दै आफन्तजनले छानबिनको माग गरेका छन् ।
२ जनाको सहयोगमा वहाँलाई नजिकैको बेडमा सुताई नर्सिङ स्टेसनमा जानकारी गराईएको थियो । त्यसपछि नर्स, मेडिकल अफिसर र कार्डियोलोजिस्ट आई गरी सामान्य रहेको भनियो । उक्त समयमा विरामी रक्तचाप उच्च रहेको थियो । बेलुका ८ बजे तिर बेड सिफ्ट गर्नुभन्दा अगाडि पुनः ढल्नुभएको (स्ट्रोक) थियो । त्यसपछि विरामीको हेमोग्लोबिन/सोडियम (hemoglobin/sodium) कम भएको भनी नुन पानी खुवाउन र विरामी कमजोर भएकोले हस्पिटले उपलब्ध गराउने खाना खुवाउन भने बमोजिम जबरजस्ती खुवाईएको थियो । तत् पश्चात विरामीलाई पेन किलर (pain killer) र (gastritis) ग्यास्ट्राइटिसको औषधी दिइएको थियो । उक्त औषधी दिँदा समेत विरामीले दुखीरहेको छ भन्नुभएको थियो ।
मेडिकल अफिसरले ठिक हुन्छ भन्नुभएको थियो । करिब ९ बजेतिर विरामी स्ट्रोक (stroke)का कारण बेडमै पुनः ढल्नुभएको थियो । तत् पश्चात मेडिकल अफिसर आई मनिटर (monitor) लगाउने काम गरिएको थियो र रगत चढाइएको थियो । राती करिब ३ बजे तिर विरामी अचेत हुन गई मेडिकल अफिसरलाई बोलाइएकोमा निज मेडिकल अफिसरले एनेसथेसियोलोजिष्ट (anesthesiologist)लाई बोलाई सिपिआर (CPR)दिई आईसियु (ICU)मा लगिएको थियो । त्यसपछि मात्र भिडियो एक्सरे गरी इन्टरनल बिल्डिङ (internal bleeding) भएको जानकारी दिइ अपरेशन गर्नुपर्ने जानकारी दिइयो । अपरेशन गरी बिल्डिङ (bleeding) नरोकिएको र मल्टी अर्गान (multi organ) फेल भएको कारणले विरामीलाई पुनः भेन्टिलेटरमा राख्नुपर्ने र बाँच्ने सम्भावना न्यून रहेको भनियो । भेन्टिलिटेरमा राखिएको अवस्थामा नै २०७९/२/२५ गते दिउँसो करिब २ बजे विरामीको निधन भयो । त्यसपछि मिति २०७९/३/६ गते सो सम्बन्धमा छानविन गरी पाउँ भनी निवेदन दिएकोमा डा. जयन्द्र बज्राचार्य नेतृत्वमा छानविन समिति गठन गरिएको थियो ।
त्यसको करिब एक हप्तापछि हस्पिटल गएर बुझ्दा उपचारमा संलग्न मुख्य डाक्टर सुनिल शर्माको सेकेन्ड कल डाक्टर राजिव मिश्रले विरामीको अवस्था ठिक रहेको भनी २०७९/२/२४ गते राती करिब १० बजे जानकारी गराइएको थियो । शर्माले बिरामीको अवस्था जानकारी पाएको र अर्का डाक्टर राजीव मिश्रलाई विरामी हेर्न जान भनिएकोमा अस्पताल उपस्थित नभइकन विरामीको अवस्था सामान्य रहेको भनि गलत रिपोर्ट गरेको भनेर डा. सुनील शर्माले नै बताएका छन् ।
उच्च जोखिम (High risk)मा रहेका विरामीलाई सोडियम/हेमोग्लोबिन कम भएको जानकारी हुँदा हुँदै र ३ पटक स्ट्रोक (stroke) हुँदा समेत सोडियम/हेमोग्लोबिन (sodium/hemoglobin) को शंका नगरी सर्जरी (surgery) मा संलग्न कुनै पनि वरिष्ठ डाक्टर उपस्थित नभई मेडिकल अफिसरको भरमा विरामी अचेत भएपछि मात्र खोजतलास गरी कारण पत्ता लगाइएको थियो । २०७९।२।२४ गते बेलुका करिब ६ बजेबाट उपचारको लागि कुन कुन डाक्टर उपस्थित हुनुपर्ने थियो र को को उपस्थित भएर के कुन उपचारका विधि अवलम्बन गरियो भन्ने बारेमा सत्य तथ्य छानविन गरी कारबाही गर्न माग गरि असार ६ गते निवेदन दिएका थियौं ।

अटेरी समूह : नेपाल मेडिसिटी अस्पताल सञ्चालकहरुको समूह । जसलाई लापरवाहीका कारण विरामीको मृत्यु भएको सम्बन्धमा उजुरी गर्दा पनि कुनै मतलव नै छैन ।
तत् पश्चात डा. जयन्द्र बज्राचार्यको संयोजकत्वमा छानबिन समिति गठन गरी ३ जना डाक्टरलाई निलम्बन गरी छानबिन छालिएको पत्र हामीलाई दिइयो । पत्र दिने समयमा डा. सुनील शर्माले डा. राजीव मिश्रलाई ड्युटीमा भएर विरामी जाँच गर्नभन्दा नगइकन विरामी सामान्य अवस्थामा रहेको भनि जानकारी गराएको बताएका थिए । सो समयमा डा. राजीव मिश्रलाई बोलाएर सोध्दा हात काटेर स्कुटर चलाउन नसकेका कारण अस्पताल नआएको भनि गैरजिम्मेवारपूर्ण जवाफ दिए । यदी उनी आउन नसक्ने भए किन अस्पताल प्रशासनलाई जानकारी गराएनन् र विरामीको अवस्थाबारे प्रशासनले किन ध्यान दिएन भन्ने गम्भीर लापरबाही उजागर भएको छ । अस्पतालको लापरबाहीले बुबाको मृत्यु भएको ४२ दिन बितिसक्दा पनि न अस्पतालले मृत्यु हुनुको कारण दिन सकेको छ, न गतिलोसँग छानबिन भएको छ । यस्तो अवस्थामा अस्पतालले गरेको गम्भीर लापरबाहीले बुबाको ज्यान गुमाएपछि पनि न्यायको आभास नभएपछि मिडियासमक्ष आएका हौं । घटनाको सत्यतथ्य छानबिन गरेर यथार्थ सार्वजनिक गरियोस् र कारकाही होस् भन्ने माग राख्दछौं ।

पटक–पटक यस्ता घटनाहरु दोहोरिरहेका छन् नेपाल मेडिसिटी अस्पताल ललितपुरमा । यो अस्पताल बिरामीका लागि काल बन्दैछ ।
यस्तो अवस्थामा केही प्रश्नहरुको जवाफ र न्यायका निम्ति हामीले याचना गरिरहेका छौं ।
१. Elective Case मा high risk लिन किन अप्रेसन गर्न लगाइएको ?
२. High Risk लिइएको विरामीलाई क्याबिनमा सारिएपश्चात ३ पटक कतचयप हुँदासमेत किन सर्जरीको डाक्टर नआएको ?
३. अप्रेसन गरिएको विरामीमा सोडियम र हेमोग्लोबिन कम भएको जानकारी हुँदा हुँदै इन्टरनल ब्लिडिङको शंका किन नगरिएको ?
४. विरामीले अप्रेसन गरिएको ठाउँमा दुख्यो भन्दाभन्दै कतचयप भएपछि पनि जबर्जस्ती किन खाना खुवाइएको ?
५. सर्जरीका प्रमुख डाक्टर सुनील शर्मा (९८५१०४७११४) ले अस्पतालका अनकल ड्युडीमा रहेका डाक्टर राजीव मिश्र जान भनिएकोमा आफू नभएको भन्दै गर्वका साथ भन्दा पनि अस्पताल किन मौन बस्यो ?
६. मृत्युको कारण डिआसी भनिएकोमा कारण भने किन खुलाइएन ?
७. प्रेसर तलमाथि भएको भनिएकोमा जेठ २४ गते बेलुका करिब ५ बजेदेखि बिहान ३ बजेसम्म उपचारका लागि केके गरियो ?
८. असार ६ गते निवेदन दिएपश्चात अस्पतालले ३ जना डाक्टरलाई निलम्बन छानबिन गरी अनुसन्धान अगाडि बढाउने भनिएकोमा पटक पटक ताकेता गर्दासमेत अहिलेसम्म कुनै जानकारी नगराउनुले पनि अस्पतालले घटनालाई दबाउन खोजिएको देखियो ।
९. बारम्बार घटनाबारे जानकारी लिन खोज्दा छानबिनमा संलग्न डा. जयन्द्र वज्राचार्य (९८०१२३५६२१) र डा. नीलमणि उपाध्याय (९८०१२३५७५९) सम्पर्कमा आउन नखोज्ने र छानबिन भइरहेको भनेर उत्तर दिने गरेको हुँदा असार २८ गते मेडिकल काउन्सिलमा उजुरी दर्ता गराइएको हो ।
१०. मेडिकल काउन्सिलका डा. कृष्ण अधिकारी (९८५१०३७१९५) मेडिसिटी अस्पताललाई उजुरीबारे जानकारी गराइएको र छानबिन गर्न लामो समय लाग्ने भनि जानकारी दिइएकोमा कहिलेसम्म छानबिन सकिने हो र हामीले यथार्थ घटनाबारे जानकारी पाउन सक्ने हो ?
धन्यवाद
छोरा समिरबहादुर बस्नेत
९८५६०३६१११
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता