News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

‘नेताका नामका ट्रस्टमा राज्यकोषबाट ब्रह्मलुट, यो भ्रष्टाचार हो तत्कालै रोक्नुपर्छ’: उपसभापति गुरुङ

काठमाडौँ, २६ असार । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेताका बाआमाको नाममा खुलेका ट्रस्ट र फाउन्डेसनका नाममा राज्यकोषबाट बजेट हाल्नु भ्रष्टाचार नै भएको आरोप लगाएका छन् । राज्यकोषको बजेटमाथि बह्मलुट गर्ने काम भईरहेको भन्दै यो काम तत्काल रोक्नु पर्ने विचार उनले व्यक्त गरेका छन् ।

पछिल्लो समय गण्डकी प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीहरुको सामाजिक सञ्जालमा यसै विषयलाई लिएर व्यापक विरोध भईरहेको छ । यसै सन्दर्भमा नेता गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ’सुशील कोइराला सभापति भएकै बेलामा मैले केन्द्रीय समितिको बैठकमा भनेको थिएँ–नेताहरुको नाममा खोलेको ट्रस्ट/फाउन्डेसनहरुमा राज्यकोषबाट बजेट हाल्ने र ब्रह्मलुट गर्ने काम भइरहेको छ। यो भ्रष्टाचार हो । रोक्नु पर्छ ।’

तर त्यसयता पनि त्यस्तो प्रवृत्ति बढ्दो रहेको उनको दाबी छ । उनले श्रीलंकामा भएको घटनाबाट अचेत नेताहरुको चेत खुल्नुपर्ने बताएका छन् ।