News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

पोखरा महानगरपालिकाको ८ अर्ब ७७ करोड बजेट पारित

पोखरा, २६ असार । आज बसेको नगर सभाले पोखरा महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । नगर सभाले आगामी आर्थिक वर्षको ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट सर्वसम्मत पारित गरेको हो ।

यसैगरी नगरसभाले न्यायिक समिति, लेखा समिति र विद्यायन समिति गठन गरेको छ । न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख मञ्जुदेवि गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहेको समिति गठन गरेको हो ।

लेखासमितिको संयोजकमा झपटबहादुर रानाभाट चयन भएका छन् । समिति सदस्यहरुमा विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापा चयन भएका छन् । लेखासमितिमा आन्तरिक लेखा परीक्षण अधिकृत सदस्यसचिव रहने व्यवस्था रहेको छ ।

विद्यायन समिति संयोजकमा पुष्पेन्द्र पाण्डे चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा राममोहन आचार्य, प्रेम प्रसाद कर्माचार्य, निर्मल दियाली र गंगाबहादुर खत्री चयन भएका छन् ।

नगरसभाले पोखरा महानगरपालिका आकस्मिक स्थापना तथा सञ्चालन ऐन २०७९, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सर्वसम्मत पारित गरेको छ । यसैगरी पोखरा महानगरको मध्यमकालिन खर्च संरचना (२०७९÷८०–०८१÷८२) पारित भएको छ ।