
१‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
३सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
४बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
५शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
६‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
७पोखरामा आगामी शनिबार पर्वतीय दौड, तयारी अन्तिम चरणमा
८पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
९स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
१०‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
११पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
१२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, २६ असार । पोखरा महानगरपालिकाका मेयर तथा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष मानबहादुर जिसीले पर्यटकीय बसपार्क, गल्फ कोर्स र यातायात कार्यालय पछाडिको सार्वजनिक जमिन भाडामा दिएको विषयमा छानबिन गर्नका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ ।
पोखरा उपत्यका नगर विकास समितिको शनिबार बिहान बसेको बैठकले सार्वजनिक जमिन भाडामा दिएको विषयमा छानबिन गर्न नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो । एक हप्ता भित्र प्रतिवेदन बुझाउने गरी गठन गरिएको समितिको सदस्यमा पोखरा महानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु बराल, एकीकृत समाजवादीका उपाध्यक्ष झपिन्द्रराज रेग्मी, नेपाली कांग्रेसका सचिव देवेन्द्र रानाभाट र कानुन व्यवसायी सुकदेव गौतम रहेका छन् ।
पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहेका जिसीले आफ्नो कार्यकाल सकिन दुई दिन बाँकी रहेको समयमा आफ्नै ज्वाईलाई सरकारी जमिन कौंडीको भाऊमा बर्षौंका लागि ठेक्कामा दिएका थिए । अरुको सहारा बिना हिडडुल गर्न नसक्ने र दोहोरो सवाल–जवाफ गर्न नसक्ने मेयर जिसीलाई उनकै ज्वाई राम भण्डारीको समूह र मेयरको सचिवालयले चोरबाटोबाट यस्तो कार्य गरेको थियो ।
गैरकानुनी ढंगबाट विधि र प्रक्रिया मिचि गरिएको सम्झौंता तत्कालै रोकी खारेज गर्नुपर्ने आवाज उठिरहेको समयमा निवर्तमान मेयर तथा अध्यक्ष जिसीले कानुन सम्मत नै ठेक्का दिएको दावी गर्दै प्रेस विज्ञप्ति नै जारी गरेका थिए । ६३ रोपनी भन्दा बढि जमिन तोक आदेशका भरमा ठेक्कामा दिइएपछि समितिले ठेक्का प्राप्त गरेको समूहलाई काम अगाडि नबढाउन निर्देशन समेत दिइसकेको छ ।