काठमाडौं, २ असार । एक अर्ब दुई करोड रुपैयाँ बराबरको खैरो हिरोइनसहित नेपाल प्रहरीले ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंको टोलीले काठमाडौंबाट ५१ किलो हेरोइनसहित पक्राउ गरेको हो ।
ब्यूरोका एसपी जीवन श्रेष्ठका अनुसार दक्षिण अफ्रिकाबाट आएका ती महिलाहरुको साथबाट एक अर्ब दुई करोड बराबरको लागूऔषध भएको छ । हेरोइनसहित पक्राउ गरेको विगतको अुनभवका आधारमा क्रिमिनल प्रोफाइलिङ गरेर निरन्तर निगरानी गर्दा यति ठुलो परिणाममा ती विदेशी महिलाहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।