News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

मतदाता नामावली संकलन असार १ गतेदेखि

प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नामावली संकलन तथा अद्यावधिक कार्य सुरु

काठमाडौं, ३१ जेठ । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ ।

आयोगले कुनै पेशा, व्यवसाय वा अन्य कुनै कारणले एक जिल्लामा बसोबास गरिरहेका नागरिकले उसको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाबाटदर्ता गर्न सक्ने व्यवस्था गरेको छ । यस्तै मतदाताले मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिन पनि आग्रह गरेको छ ।