
१‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
२गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
५गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
६पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
७३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
८वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
९गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
१०पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
११गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
१२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
९लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
काठमाडौँ, २७ जेठ । पशुपति क्षेत्र विकास कोषले बतास समूहलाई एक साताको अल्टिमेटम दिदैं नेपाल–भारत मैंत्री पशुपति धर्मशाला भवन छाड्न पत्र पठाएको छ । जेठ मसान्तभित्रमा धर्मशाला खाली गरेर साँचो बुझाउन कोषले बतास समूह अन्तर्गतको होटल आनन्दलाई हिजो बुधबार पत्राचार गरेको हो ।
पशुपतिनाथको दर्शन गर्न आउनेहरुलाई लक्षित गर्दै भारत सरकारको करिब ४० करोड रुपैयाँ सहयोगमा पशुपतिनाथ मन्दिर नजिकै ‘नेपाल–भारत मैत्री पशुपति धर्मशाला’ निर्माण गरेको थियो । तर राजनीतिक सेटिङ मिलाएर पोखराका व्यापारी आनन्दराज बतासले उक्त धर्मशाला कब्जा जमाएका थिए ।
कोषका सदस्यसचिव मिलनकुमार थापाले प्रेषित गरेको पत्रमा बतास समूहलाई जेठ मसान्तसम्मको बाँकी बहाललगायतका भुक्तानी गर्नुपर्ने रकम तिरेर हिसाब फरफारक गराउनुका साथै सम्झौताविपरीत भएका कामका कारण कोषलाई पर्न गएको हानी-नोक्सानी पनि तिर्न भनेको छ ।
बतास समूहले पशुपति धर्मशाला भित्र कम्तीमा ९ वटा अन्य व्यवसाय पनि सञ्चालन गरेको छानबिन समितिले भेटेपछि धर्मशाला भाडामा लगाउने सम्झौता रद्द गर्नुपर्ने भन्दैं सिफारिस गरेको थियो । धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृतिबेगर धर्मशालाको भित्री भौतिक संरचना बाहिरी खाली भागमा विभिन्न सरञ्चनाहरु निर्माण गर्नेजस्ता कार्यहरु गरी बतास समूहले सम्झौताको उल्लंघन गरेको औंल्याएको थियो ।
छानबिन समितिको प्रतिवेदनले १९ रोपनी जग्गामा फैलिएको धर्मशाला लिजमा दिँदा बतास समूहलाई कानुन उल्लंघन गरेर सम्झौता गरेको भन्दै कोष ऐन, २०४४ को दफा ८ बमोजिम गठित सञ्चालक परिषद्को स्वीकृतिबेगर नै नेपाल–भारत मैत्री ‘पशुपति धर्मशाला’ भाडामा दिने सम्झौता कानुनसम्मत नदेखिएको जनाएको थियो ।
काठमाडौं जिल्ला अदालतले गत बुधबार बतास समूहलाई धर्मशालामा होटल सञ्चालन गर्न दिन यसअघि जारी गरिएको अन्तरकालीन आदेश बदर गरेसँगै करार रद्द गर्ने कोषको निर्णय कार्यान्वयनका लागि बाटो खुलेको थियो । होटल आनन्दलाई ०७६ जेठ १ गते करार सम्झौता गरी कोषले धर्मशाला भाडामा दिएको थियो । तर, करार सम्झौताहरुको गम्भीर उल्लंघन भएको जनाउँदै ०७८ चैत १४ गते बतास समूहसँग सम्झौता रद्द भइसकेको छ । कोषले सम्झौता रद्द गरेपछि बतास समूह अदालत पुगेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा लगायत एमालेका केही नेताहरुसँगको निकटताको फाईदा उठाउँदै सेटिङ मिलाएर कानुन छल्दै व्यापारी आनन्द बतासको समूहले धर्मशाला भित्र विभिन्न गतिविधिहरु सञ्चालन गरेको सुईको पाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सशक्त रुपमा यस विषयको छानबिन र कार्वाहीका लागि पहल गरेका थिए ।
व्यापारी आनन्द बतास समूहले देशव्यापी रुपमा नै सरकारी तथा सार्वजनिक सम्पत्तिहरु यसरी नै सेटिङ मिलाएर कब्जा गर्दै आईरहेका थिए । नारायणहिटी राजदरबार भित्रको हर्कत विवादित बनेपछि एकपछि अर्को गर्दै बतास समूहले कब्जा गरेका ठाउँहरुबाट निकालिएका छन् । यसअघि नारायणहिटी राजदरबार संग्रहालय र पोखराको नयाँबजारस्थित संग्रहालयबाट पनि बतास समूह निकालिएको छ ।
पैसा उठाउन सक्रिय नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्षदेखि अन्य व्यापारीहरु मौंन
त्यसैगरी, पोखरामा अक्सिजन प्लान्ट निर्माण गर्ने भनेर करोडौं संकलन गरेको यो समूहले बषौं बित्दा समेत आजसम्म अक्सिजन प्लान्ट निर्माण गर्न सकेको छैन । यसमा पोखरामा पत्रकारदेखि अन्य व्यापारीहरुको पनि संलग्नता थियो । जसले पैसा उठाउनका लागि व्यापक पहल गरेका थिए । तर पैसा उठेको बषौं भईसक्दा पनि अक्सिजन प्लान्ट नबन्दा पैसा उठाउन सक्रिय नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्षदेखि अन्य व्यापारीहरु यतिबेला मौंन छन् ।

व्यापारी आनन्द बतास समूहले देशव्यापी रुपमा नै सरकारी तथा सार्वजनिक सम्पत्तिहरु यसरी नै सेटिङ मिलाएर कब्जा गर्दै आईरहेका थिए । नारायणहिटी राजदरबार भित्रको हर्कत विवादित बनेपछि एकपछि अर्को गर्दै बतास समूहले कब्जा गरेका ठाउँहरुबाट निकालिएका छन् । यसअघि नारायणहिटी राजदरबार संग्रहालय र पोखराको नयाँबजारस्थित संग्रहालयबाट पनि बतास समूह निकालिएको छ । तस्विर साभार
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?