
१उच्च अदालतले सदर गरेसँगै पोखरा-२४ का वडाध्यक्ष अधिकारीलाई जेल सजाय
२गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
३कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
६पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
७रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
८अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
९सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१०२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
११मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
१२गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
३मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
४सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
५कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
६अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
७पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
८लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
९धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
१०कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
११सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
१२महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
पोखरा । भौंगोलिक हिसाबले देश कैं सबैभन्दा ठुलो महानगरपालिका पोखरामा रहेको अव्यवस्थित बसपार्कलाई व्यवस्थित गर्न नाला निर्माणको काम थालिएको छ । बसपार्क निर्माणका लागि भन्दैं सो जग्गा ४७ वर्ष अगाडि अधिग्रहण गरिएको थियो ।
पोखराको सबैभन्दा व्यवस्थित, सुविधासम्पन्न र मुख्य बसपार्क बनाउने उद्देश्यले जग्गा अतिक्रमण गरिएको भएपनि सुकुम्वासीवस्ती, मानवीय अतिक्रमण र चलखेलका कारण दुईसय ५ रोपनीबाट घटेर ८१ रोपनीमा खुम्चिएको बसपार्कलाई अब भने ‘सिटी बसपार्क’का रुपमा निर्माण गरिने भएको हो ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नाला निर्माण कार्यको एकसाथै शिलान्यास गरी व्यवस्थित बसपार्क बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्त्री खड्काले नालाको शिलान्यास गर्दै बसपार्क निर्माण कार्यको शुरुवात प्रदेश सरकारले गरेता पनि यसका लागि थप आवश्यक सहयोग निरन्तर गर्ने र बाँकी निर्माण कार्य पोखरा महानगरपालिकाले गर्ने सम्पन्न गर्ने बताए ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर आचार्यले अबको ३ वर्ष भित्रमा आधुनिक र सुविधा सम्पन्न सिटी बसपार्कका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । पोखरा वडा नं. ३२ मा रहेको लामेआहालमा व्यवस्थित र ठुलो बसपार्क निर्माण गरिने बताउँदै मेयर आचार्यले पोखराको पृथ्वीचोकमा रहेको पोखरा बसपार्क र बागलुङ बसपार्कलाई सिटी बसपार्कका रुपमा विकास गरिने जानकारी दिए ।
‘यहाँ केही जग्गाको लगायत अन्य केही समस्याहरु पनि छन्, ती सबै समस्याको समाधान गरेर ३ वर्ष भित्रमा आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माण गरिसक्छौं,’ मेयर आचार्यले भने–‘बसपार्क निर्माण गरिँदा कसैलाई अन्याय हुन्छ कि भनेर नसोच्नुहोला । पोखरा निर्माणका लागि सबै सकारात्मक बनौं र योगदान दिउँ ।’
पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले निर्वाचनका बेलामा जनताका माझ व्यवस्थित बसपार्क निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाए अनुसार नाला निर्माणको कार्य सुरु गरिएको बताए ।
कार्यक्रममा बसपार्क टोल सुधार समितिका अध्यक्ष केशवबहादुर गुरुङ र पोखरा बसपार्क सुधार उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर क्षेत्री लगायतले ढिलै भएपनि व्यवस्थित बसपार्क निर्माणका लागि काम शुरु भएकोमा खुशी व्यक्त गरेका थिए ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
३मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
४सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
५कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस