
१डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
२लुटिएको चाइनिज पेस्तोलसहित १६ वर्षीय बालक पक्राउ
३पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
४पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
५‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
६पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
७देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
८जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
९फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
१०माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
९जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
१०विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
११जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
पोखरा । भौंगोलिक हिसाबले देश कैं सबैभन्दा ठुलो महानगरपालिका पोखरामा रहेको अव्यवस्थित बसपार्कलाई व्यवस्थित गर्न नाला निर्माणको काम थालिएको छ । बसपार्क निर्माणका लागि भन्दैं सो जग्गा ४७ वर्ष अगाडि अधिग्रहण गरिएको थियो ।
पोखराको सबैभन्दा व्यवस्थित, सुविधासम्पन्न र मुख्य बसपार्क बनाउने उद्देश्यले जग्गा अतिक्रमण गरिएको भएपनि सुकुम्वासीवस्ती, मानवीय अतिक्रमण र चलखेलका कारण दुईसय ५ रोपनीबाट घटेर ८१ रोपनीमा खुम्चिएको बसपार्कलाई अब भने ‘सिटी बसपार्क’का रुपमा निर्माण गरिने भएको हो ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नाला निर्माण कार्यको एकसाथै शिलान्यास गरी व्यवस्थित बसपार्क बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्त्री खड्काले नालाको शिलान्यास गर्दै बसपार्क निर्माण कार्यको शुरुवात प्रदेश सरकारले गरेता पनि यसका लागि थप आवश्यक सहयोग निरन्तर गर्ने र बाँकी निर्माण कार्य पोखरा महानगरपालिकाले गर्ने सम्पन्न गर्ने बताए ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका मेयर आचार्यले अबको ३ वर्ष भित्रमा आधुनिक र सुविधा सम्पन्न सिटी बसपार्कका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । पोखरा वडा नं. ३२ मा रहेको लामेआहालमा व्यवस्थित र ठुलो बसपार्क निर्माण गरिने बताउँदै मेयर आचार्यले पोखराको पृथ्वीचोकमा रहेको पोखरा बसपार्क र बागलुङ बसपार्कलाई सिटी बसपार्कका रुपमा विकास गरिने जानकारी दिए ।
‘यहाँ केही जग्गाको लगायत अन्य केही समस्याहरु पनि छन्, ती सबै समस्याको समाधान गरेर ३ वर्ष भित्रमा आधुनिक र सुविधासम्पन्न बसपार्क निर्माण गरिसक्छौं,’ मेयर आचार्यले भने–‘बसपार्क निर्माण गरिँदा कसैलाई अन्याय हुन्छ कि भनेर नसोच्नुहोला । पोखरा निर्माणका लागि सबै सकारात्मक बनौं र योगदान दिउँ ।’
पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले निर्वाचनका बेलामा जनताका माझ व्यवस्थित बसपार्क निर्माणका लागि पहल गर्ने प्रतिवद्धता जनाए अनुसार नाला निर्माणको कार्य सुरु गरिएको बताए ।
कार्यक्रममा बसपार्क टोल सुधार समितिका अध्यक्ष केशवबहादुर गुरुङ र पोखरा बसपार्क सुधार उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर क्षेत्री लगायतले ढिलै भएपनि व्यवस्थित बसपार्क निर्माणका लागि काम शुरु भएकोमा खुशी व्यक्त गरेका थिए ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई