News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

नेकपा (एस) ले मन्त्री परिवर्तन गर्ने

काठमाडौं, २२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले मन्त्रीहरु परिवर्तन गर्ने निर्णय गरेको छ । पार्टीका तर्फबाट भएका मन्त्रीहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउने र नयाँ साथीहरुलाई सरकारमा पठाउने निर्णय भएको नेकपा (एस)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिएका छन् ।
देउवा मन्त्रिपरिषदमा नेकपा एसको तर्फबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ रहेका छन् । त्यसैगरी भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री रहेका छन् ।