News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

तारा एयरको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

'दुर्घटनामा मृत्यु भएका २२ जनामध्ये बाँकी १२ जनाको पनि शव काठमाडौं नैं लगियो'

दुर्घटनाग्रस्त भएको तारा एयरको विमान र छरिएको शव संकलन गर्दै सशस्त्र प्रहरी बल नेपालको टोली । तस्विर साभार : सशस्त्र प्रहरी बल नेपाल

मुस्ताङ, १७ जेठ । तारा एयर प्रा.लि.को दुर्घटनाग्रस्त भएको नाईन एनएईटी विमानको ‘ब्ल्याक बक्स’सहित महत्वपूर्ण सामानहरु सुरक्षाकर्मीले फेला पारेका छन् । साथै दुर्घटनामा परी मृत्यु भएका २२ जनामध्ये बाँकी १२ जनाको शव पनि सुरक्षाकर्मीले संकलन गरेर कोवाङ झरिसकेको छ । आइतबार बिहान ९ः५५ बजे पोखराबाट उडेको उक्त विमान १०ः१५ देखि सम्पर्कविहीन भएको थियो ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार हिजो संकलन गर्न बाँकी रहेका १२ जनाको शव सेनाको हेलिकप्टर मार्फत् पोखरा हुँदै काठमाडौं पठाई सकिएको छ । सुरक्षाकर्मीले उद्धारका क्रममा खटिदाँ आज विमानको ब्लयाक बक्ससहित महत्वपूर्ण सामानहरु समेत भेटेको थियो ।

मुस्ताङको थासाङ गाउँपालिका–२, सानुसरेमा पोखराबाट जोमसोमका लागि आइतबार विहान ९ः५५ बजे उडेको तारा एयरको विमान १९ घण्टापछि भोलिपल्ट विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिदाँ २२ जनाको ज्यान गएको थियो । चालक दलका तीन सदस्य रहेको विमानमा १३ नेपाली यात्रु, चार भारतीय र दुई जर्मन नागरिक थिए ।

सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए । उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव संकलन र उद्धार गरेका थिए ।