
१गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
२कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
३धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
४धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
५बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
६बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
७धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
८पूर्वमन्त्री रञ्जिता श्रेष्ठ धरौंटीमा रिहा
९नितु र सुश्मालाई जनही एक लाख रुपैयाँ नगद पुरस्कार
१०‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
११सुरक्षा निकायलाई विशेष सतर्कता अपनाउन निर्देशन
१२रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
६मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
७रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
१०पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
११२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१२फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
उक्त दुर्घटनामा गोर्खा जिल्लाको शहीद लखन गाउँपालिका–५ को तिनपानेका पनि एकै परिवारका ४ जना सदस्यको पनि मृत्यु भएको छ ।
पोखरा, १६ जेठ । पोखराबाट जोमसोम जाने क्रममा हिजो वेपत्ता भएको तारा एयरको विमान दुर्घटनामा परेर मृत्यु हुनेहरुमध्ये १६ जनाको शव भेटिएको छ । तीन चालक दलका सदस्यसहित २२ जना सवार तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी १२ जनाको शव छरिएको अवस्थामा र २ जनाको शव चेपिएको अवस्थामा फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले जानकारी दिएका छन् । बाँकी अन्यको खोजी कार्य जारी रहेको छ । भीरबाट सबै शव निकालिसकेपछि काठमाडौं पठाउने तयारी भइरहेको र दुर्घटनमा मृत्यु भएका यात्रुका आफन्तलाई काठमाडौं नैं बोलाइएको प्रहरीले जानकारी दिएको छ ।
शव तथा सुरक्षित रहेका सामान संकलन गरी हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भएको प्रवक्ता कर्णले बताए । सो दुर्घटनामा परी धनुषाको मिथिला नगरपालिका ११ लोटागाउँका एकै परिवारका ७ जनाको मृत्यु भएको थियो । विमान दुर्घटनाग्रस्त भएपछि लोटागाउँ नै शोकमा डुबेको छ ।
त्यसैगरी, उक्त दुर्घटनामा गोर्खा जिल्लाको शहीद लखन गाउँपालिका–५ को तिनपानेका पनि एकै परिवारका ४ जना सदस्यको पनि मृत्यु भएको छ । सो जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलटमा उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापाको पनि उक्त दुर्घटनामा परी मृत्यु भएको छ ।
हिजो बिहानदेखि हराएको तारा एयरको नाइन एन ए इटी कलसाइनको विमान आज बिहान मुस्ताङको थासाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। हिजो विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको विमान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो।
१गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
२कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
३‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
४टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
५घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ