News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार फोटो फिचर

दुर्घटनाग्रस्त तारा एयर विमानको उद्धार कार्य जारी (फोटो फिचर)

तस्विरहरु साभार नेपाली सेना

पोखरा, १६ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले पोखराबाट जोमसोमबाट लागि उडेको तारा एयर प्रा.लि.को टुवीन् अटर नाईनएन एईटी विमान दुर्घटनाग्रस्त भएको स्थलमा हेलिकप्टर अवतरण गरी उद्धार कार्य भईरहेको जनाएको छ ।

मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं. २ को सानुसरे भन्ने ठाउँमा १४ हजार ५ सय फिटको उचाईमा विमान दुर्घटना भएको पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । हिजो वेपत्ता भएको विमानको खोजीमा आज विहानैदेखि नेपाली सेना, एयर डाईनेष्टी, कैलाश हेलिकप्टर र फिस्टेल एयरको हेलिकप्टर तथा उद्धारकर्मीहरुबाट खोजी कार्य भईरहेको थियो ।

हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।

तस्विर साभार नेपाली सेना