News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखरा, १५ जेठ । पोखराबाट आज विहान ९ बजेर ५५ मिनेट जाँदा जोमसोमका लागि उडेको तारा एयरको जहाज अहिलेसम्म पनि सम्पर्क विहिन अवस्थामा रहेको छ । तारा एयरको ९ एनएईटी ट्विनअटर विमान १९ जना नेपाली र भारतीय यात्रु लिएर विहान उडेको थियो । हराएको विमानमा १६ नेपाली र ६ विदेशी नागरिक रहेका छन् ।

तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको पोखरा विमानस्थलले जानकारी दिएको छ । विमानस्थलका अनुसार पोखराबाट लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्नेमा वेपत्ता भएको थियो ।

पोखराबाट जोमसोमका लागि उडेपछि सम्पर्कविहीन भएको तारा एयरको जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी रहेको खुलेको छ । विमानमा सवार यात्रुहरुमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर रहेका छन् । सो विमान क्याप्टेन प्रभावकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेन किस्मी थापा रहेका छन् ।