
१डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
२पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
३विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
४सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
५ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
६विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
७मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
यी तिनै वडाध्यक्ष हुन् जसले फिर्केखोलामा पैदल मार्ग (फुटट्रयाक) शिलन्यास गर्ने क्रममा पोखराका मेयर मानबहादुर जिसीलाई डोजर चलाएर उद्घाटन गर्न लगाउँदा पत्रकारसहित कार्यक्रममा सहभागि ५ जना घाईते भएका थिए । न त शिलन्यास पछि यी वडाध्यक्षले फुटट्रयाक बनाउन सके, न त मापदण्डभित्र बनेका संरचना कानुन बमोजिम हटाउन सके ।
पोखरा, ११ जेठ । पोखरा महानगरपालिकाका तत्कालिन प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष धनबहादुर नेपालीले अटेरी गर्दा सरकारी विद्यालयको दुईतले पक्की भवन काम नलाग्ने भएको छ । विद्यालयका प्रधानाध्यापकले तत्कालिन समयमा भवनको जगभन्दा तलबाट ढल तथा पानीको निकास बनाउँदा भवनलाई असर पुग्छ भनिरहँदा अटेर गर्दै ‘म छु ढुक्क हुनुस्’ भन्ने वडाध्यक्षका कारण नैं अहिले भवन भत्काउनु पर्ने अवस्थामा पुगेको हो ।
पोखरा–५, पर्स्याङमा रहेको धर्मस्थली आधारभूत विद्यालयका प्रधानाध्यापक केदारनाथ बरालले भने–‘स्वयं वडाध्यक्ष धनबहादुरजीको नेतृत्वमा आएर स्कुलको जगै देखिबाट डोजर लगाएर बाटो लगभग हाम्रो स्कुलको भवनको जगभन्दा तलबाट खनियो । त्यतिबेला मैले यो जग नखनिदिनुहोस्, यताबाट नहर बनाएर लगेर त्यहाँ अर्को सेतीको नहरमा लगेर हालिदिनोस् भन्दा भन्दै नमानेर अहिले यो भवनको गति यस्तो हो । ’
यस विषयमा तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा यसै विषयमा उठेका प्रश्नहरुको जवाफ दिदैं लेखेका छन्–‘प्राविधिक त्रुटि भएकैं हो । जे जे भए, जानेर भए वा नजानेर भए, त्यसलाई छाडौं ।’
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पराजुलीले प्राविधिक रुपमा त्रुटि भएको स्वीकार गरिरहँदा वडाध्यक्ष नेपालीले पनि गल्ति स्वीकार गरेका छन् । डन न्यूजसँगको टेलिफोन संवादमा वडाध्यक्ष नेपालीले भने–‘टेक्निकल्ली जस्तो तरिकाले पानी बग्छ भनेको बगेन । यो एक्सिडेन्ट (दुर्घटना) हो । भवन नै अब नयाँ बन्ने भयो । अब क्षति भन्दा पनि त्यसैलाई हामीले नयाँ बनाउने भयौं । करिब–करिब ३० लाख रुपैयाँमा ४ कोठाको १ तले भवन बन्दैछ ।’
विद्यार्थीहरु पढिरहेका सुविधासम्पन्न दुईतले पक्की भवन धमाधम भत्काउन थालेपछि यतिबेला विद्यार्थीहरु विद्यालयको पेटीमा बसेर पढ्न बाध्य भएका छन् । केही व्यक्तिहरुलाई परेको समस्या सुल्झाउने वाहनामा विद्यालयको भवन नै ध्वस्त हुने गरी गरिएको कामको सरकारी निकायबाट नै छानबिन हुनुपर्ने र यो योजनामा संलग्न सबैजनासँग क्षतिपूर्ति भराईनु पर्ने स्थानीयको माग छ ।
आकाशको पानी, ढलको निकास र बाटो खोल्ने वाहनामा सरकारी विद्यालयको भवनको जग नै भत्किने गरी तत्कालिन वडाध्यक्ष नेपालीको अगुवाईमा भएको हर्कतले गर्दा यतिबेला सरकारी विद्यालयको करोडौं पर्ने १० कोठाको दुईतले भवन पूर्णरुपमा भत्काउनु पर्ने अवस्थामा पुगेको छ ।

भत्काउँदै गरेको दुईतले पक्की भवनको अगाडि बसेर बुधबार दिउँसो सेल्फी खिच्दै निवर्तमान वडाध्यक्ष धनबहादुर नेपाली । तस्विर साभार : धनबहादुर नेपाली
निवर्तमान वडाध्यक्ष नेपालीले प्राविधिक रुपमा भएको त्रुटिलाई स्वीकार्नुको साटो पक्की दुईतले भवन भत्काएर १ तले त्यो पनि ४ कोठाको भवन बनाईनुलाई विद्यालयको उन्नति र प्रगतिका रुपमा व्याख्या गर्दै भत्काउन लागिएको भवनमा बुधबार दिउँसो नै पुगेर सेल्फी खिच्दै तस्विरहरु सामाजिक सञ्जालमा राखेका छन् ।
‘भन्दा भन्दै नमान्नाले अहिले यो भवनको गति यस्तो भयो’: प्रधानाध्यापक बराल

केदारनाथ बराल, प्रधानाध्यापक, धर्मस्थली आधारभूत विद्यालय, पोखरा–५, पर्स्याङ
यो विद्यालयमा यो भलपानी माथि लभ्लीडाँडाबाट सहित आउने भएका कारण पानीको फ्लो एकदमैं बढी हुन्थ्यों । त्यो बढि भएको हुनाले स्कुलभन्दा तलको वस्तीमा पानी बढी गयो, हाम्रै घरभित्र पस्यो भन्ने उनीहरुको राय र उनीहरुले पनि वडाध्यक्ष धनबहादुर नेपाली समक्ष गएर यो पानी दुई ठाउँबाट बाँड्न पर्र्यो, स्कुलमूनिबाट र स्कुलमाथिबाट पठाउनु पर्ने भन्ने किसिमको कुराहरु राख्नुभयो ।
उहाँहरुले त्यो कुरा राखिसकेपछि स्वयं वडाध्यक्ष धनबहादुरजीको नेतृत्वमा आएर स्कुलको जगै देखिन्ट डोजर लगाएर बाटो लगभग हाम्रो स्कुलको भवनको जगभन्दा तलबाट खनियो । र, त्यहाँबाट पानी दोहोरो बराबर बाँड्दा खेरी आएको पानी हालेको पाईपबाट पुरै निकास हुन नगईकन यसमा (भवनमा) चाँहि पस्यो । यहाँबाट पानीको भुहान निस्कियो । हामीले २८/३० डोका माटो हालेर यो त पुर्यौं ।
तर आखिरीमा त्यो ढुङ्गाको गारो धरी खस्न लागिसकेको, कक्षा कोठा भित्र भ्वाङ परेको कारणले गर्दा खेरी अब त्यो कक्षा र भवनमा विद्यार्थी राख्न नसकिने, कुनै बेला नचाहेको दुर्घटना घट्न सक्ने भएको कारणले गर्दा खेरी बच्चाबच्ची अन्त सिफ्ट गराएर अनि हामीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा बजेट मागको लागि पेश गर्यौं । लगभग ३६ लाख रुपैयाँ हामीलाई निकासा भएको छ ।
अन्त भवन बनाउने जग्गा पनि छैन र यो धराप (दुईतले पक्की भवन) राखेर पनि अर्थ नहुने कारणले गर्दा अहिले हामीले विद्यालय व्यवस्थापन समितिको निर्णय गरेर यसलाई भत्काएर यो ठाउँमा चारकोठे भवन निर्माण गर्ने कार्यक्रम छ । त्यहीँ अनुसार हामी अगाडि बढिरहेका छौं । त्यतिबेला मैले यो जग नखनिदिनुहोस्, यताबाट नहर बनाएर लगेर त्यहाँ अर्को सेतीको नहरमा लगेर हालिदिनोस् भन्दा भन्दै नमानेर अहिले यो भवनको गति यस्तो हो ।
काम भन्दा बढि “खति” गर्ने वडाध्यक्ष ‘धनबहादुर नेपाली’

फिर्केखोलामा पैदल मार्ग (फुटट्रयाक) शिलन्यास गर्ने क्रममा तत्कालिन समयमा पोखराका मेयर मानबहादुर जिसी र वडाध्यक्ष धनबहादुर नेपालीसँगै बसेर डोजर चलाउँदै !!
यी तिनै वडाध्यक्ष हुन् जसले फिर्केखोलामा पैदल मार्ग (फुटट्रयाक) शिलन्यास गर्ने क्रममा पोखराका मेयर मानबहादुर जिसीलाई डोजर चलाएर उद्घाटन गर्न लगाउँदा पत्रकारसहित कार्यक्रममा सहभागि ५ जना घाईते भएका थिए । न त शिल्यान्सपछि यी वडाध्यक्षले फुटट्रयाक बनाउन सके, न त मापदण्डभित्र बनेका संरचना कानुन बमोजिम हटाउन सके । त्यतिबेला पनि महानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष नेपालीले आयोजना गरेको शिलान्यास कार्यक्रममा मेयरको डोजर काण्ड हिट भो तर फुटट्रयाक निर्माण भने अलपत्र पर्यो ।
तिनै वडाध्यक्ष नेपालीले आफ्नो कार्यकालको अन्त्यतिर ढल तथा बर्खाको पानीको निकासका लागि गरेको कामले न त ढल बग्यो, न त पानी नैं । करोडौं रुपैयाँ लाग्ने पक्की दुईतले सरकारी विद्यालयको भवन नै वडाध्यक्ष नेपालीको हर्कतले ध्वस्त हुन पुग्यो ।
अर्को कुरा, पोखरामा कहीँ कतैं नभएको ट्राफिक लाइट पनि यिनै वडाध्यक्षले पोखराको जिरोकिमीदेखि शान्तिनगरचोकसम्म दुई ठाउँमा राखे । बजेट पचाए । न त ती ट्राफिक लाइट कहिल्यै बले, न त कहिल्यै सञ्चालनमा ल्याईयो । यस्ता धेरै हर्कतहरुका कारण चर्चामा आईरहने वडाध्यक्ष नेपालीले सरकारी विद्यालय नै ध्वस्त पार्दा समेत एमालेको गढ भनेर चिनिने वडा नं. ५ का स्थानीयवासीहरुले खुलेर विरोध गर्न सकिरहेका छैनन् ।

धर्मस्थली आधारभूत विद्यालयको दुईतले पक्की भवन । जुन भवनको जग नै जनप्रतिनिधिको लापरवाहीका कारण भत्किन पुगे पछि यसरी भवन भत्काउन थालिएको छ । बुधबार राति विद्यालयमा डोजर तयारी अवस्थामा राखिएको छ यो भवन भत्काउनका लागि । तस्विर : डन न्यूज

यहीँ पक्की भवन हो, जसको जग नै खनिदिएर भत्काउनु पर्ने अवस्थामा पु¥याईयो । धर्मस्थली आधारभूत विद्यालयको पछाडिको भाग । जुन भागमा बाटो र ढलको निकास बनाउने भन्दै जगभन्दा पनि तलबाट डोजर लगाएर खनिदिदाँ आज यो भवन भत्काउनु पर्ने अवस्थामा पुगेको छ ।

दुईदिनमा झ्याल ढोका निकालेर डोजर लगाएर भत्काउन लागिएको पोखरा–५, पर्स्याङमा रहेको धर्मस्थली आधारभूत विद्यालय । तस्विर साभार : धनबहादुर नेपाली