
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निर्वाचनको समयमा आचारसंहिता पालना भए नभएको अनुगमन गर्ने क्रममा दुर्गा भण्डारी आफैंले पटक–पटक आचारसंहिता उल्लंघन गर्दै आईरहेकी थिईन् । सोही विषयमा प्रश्न उठेपछि जवाफ दिन नसक्दा प्रेस काउन्सिलकी सदस्य भण्डारी झोक्किदैं अन्तर्वार्ता नै विच मैं छाडेर पत्रकार अनिशा श्रेष्ठलाई तथानाम भन्दै हिडेकी थिईन् ।
पोखरा, ६ जेठ । प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीलाई कारवाही गर्न पत्रकार अनिशा श्रेष्ठले माग गरेकी छिन् । पत्रकारलाई हतोत्साही बनाउने र गैरजिम्मेवारपूर्ण ढंगले व्यक्तिगत रुपमा आक्षेप लगाउने गरी सार्वजनिकस्थलमा दिएको अभिव्यक्तिका विरुद्धमा पत्रकार श्रेष्ठले नेपाल पत्रकार महासंघ कास्की समक्ष कारवाहीको माग गरेकी हुन् ।
हिजो बिहीबार राती मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा रहेको मिडिया सेन्टरमा प्रेस काउन्सिलकी सदस्य भण्डारीसँग सिटी वान टेलिभिजनका प्रस्तोता श्रेष्ठले अन्तर्वार्ता लिईरहँदा सो घटना भएको हो । अन्तर्वार्ताका क्रममा निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा प्रश्न गर्दा उत्तर दिन नसकेपछि प्रेस काउन्सिलकी सदस्य भण्डारीले झोक्किएर क्यामरा फ्रेमबाट बाहिरिदैं पत्रकार श्रेष्ठलाई व्यक्तिगत रुपमा आक्षेप लगाउने खालका अभिव्यक्तिहरु दिएकी हुन् ।

निर्वाचन अधिकृतको कार्यालय पोखरामा रहेको मिडिया सेन्टरमा प्रेस काउन्सिलकी सदस्य भण्डारीसँग सिटी वान टेलिभिजनका प्रस्तोता अनिशा श्रेष्ठले अन्तर्वार्ता लिदैं गर्दाको तस्विर । सोही अन्तर्वार्ताका क्रममा पत्रकार श्रेष्ठले भण्डारीलाई तपाईले नै निर्वाचनका समयमा आचारसंहिता उल्लंघन गरेको आरोप छ नि, के भन्नु हुन्छ ? भनेर सोधेकी थिईन् । यसको जवाफ दिन नसकेपछि अन्तर्वार्ता नै बिचमा छाडेर रिसाउँदै भण्डारी हिडेकी हुन् । तस्विर : डन न्यूज
सञ्चारिका समूह गण्डकी प्रदेशको महासचिव समेत रहेकी श्रेष्ठलाई भण्डारीले तिमीलाई सञ्चारिकाको महासचिव मैले बनाइदिएको हो, कांग्रेसले जित्यो भन्दैमा कोही फुरफुर नभए हुन्छ, कोबाट परिचालित हो भन्ने सबै थाहा छ’ भन्दै हकारेकी थिईन् । पत्रकार श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रेस काउन्सिलकी सदस्य भण्डारीलाई कारवाहीको माग गरेकी हुन् ।
निर्वाचनको समयमा आचारसंहिता पालना भए नभएको अनुगमन गर्ने क्रममा भण्डारी आफैंले पटक–पटक आचारसंहिता उल्लंघन गर्दै आईरहेकी थिईन् । सोही विषयमा प्रश्न उठेपछि जवाफ दिन नसक्दा प्रेस काउन्सिलकी सदस्य भण्डारी झोक्किदैं अन्तर्वार्ता नै विच मैं छाडेर हिडेकी हुन् ।

प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारी जो एमालेकी कट्टर कार्यकर्ता पनि हुन्, उनले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै यो लेख प्रकाशित गरेकी थिईन् । जहाँ एमालेलाई भोट मागिएको थियो । यस्तै दर्जनौं गल्तीहरुका विषयमा पत्रकारहरुले प्रश्न सोधेपछि जवाफ दिन नसकेर उनी झोक्किएकी हुन् ।
यस अघि पनि निर्वाचन कार्यालय पोखराले एक होटलमा आयोजना गरेको गोष्ठीमा आचारसंहिता बारे उपदेश दिन खोज्दा भण्डारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका आधा दर्जन भन्दा बढि स्टाटसहरु देखाउँदै पोखराका पत्रकारहरुले सोही कार्यक्रममा सबैका अगाडि एक एक गरी प्रश्न गरेका थिए । त्यस दिन पनि उनले आचारसंहिता पालना सम्बन्धमा आफूले गरेका गल्तिहरुका बारेमा पत्रकारहरुले उठाएको प्रश्नको जवाफ दिन सकिनन् ।
राजनीतिक नियुक्तका कारण सदस्य बनेकी उनीलाई पत्रकारिता र निर्वाचन आचारसंहिताको बारेमा नै राम्रोसँग ज्ञान नभएको भन्दै पत्रकारहरुले चर्को विरोध गरेका थिए । माईती झापा भएकी भण्डारीलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा भक्तिभजन र स्तुतीगान गर्दै विभिन्न पत्रपत्रिकाहरुमा लेख लेखे वापत प्रेस काउन्सिलमा राजनीतिक नियुक्ति गरिएको जानकारहरु नै बताउँछन् ।

प्रेस काउन्सिल नेपाल कैं सदस्य रहेकी दुर्गा भण्डारीले मौंन अवधिमा पोखरा महानगरपालिकाका मेयरका दावेदार कृष्ण थापाका लागि यसरी भोट मागेकी थिईन् । जसको विरोध पोखराका पत्रकारहरुले गरेका थिए ।
यो घटनाका विषयमा प्रेस काउन्सिलकी सदस्य भण्डारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकी छिन्- ‘मलाई सिटी वान टेलिभिजनकी बहिनी अनिसा श्रेष्ठले पत्रकार आचारसंहिताको बारेमा भन्दिनु पर्याे भनेर बुम तेर्साइन र प्रहरीले झै केरकार गरेर पत्रकार आचार संहिता मलै उलंघन गरेको छु भनेर कबुल गर्न लगाए पछि मैले बोल्न नचाहेको हो । कसैलाई जबरजस्ती अपराधी बनाउन खोज्ने त्यस्ता संचाकर्मीले कसैको अनुमति बेगर भिडियो खिच्ने फोटो खिच्ने काम गर्नु अझ मिडिया कै नियामक निकायको सदस्य माथी नियोजित ढंगबाट चरित्र हत्या गर्न खोज्नेले अरु आम नागरिकलाई छोड्लान् त ?’
नेकपा एमालेकी कट्टर कार्यकर्ता तथा कानुन व्यवसायी भण्डारीले आफ्नै नाममा ढोरपाटन दैनिकमा एक लेख लेख्दै नेकपा एमालेलाई भोट मागेकी थिईन् । त्यसपछि मौन अवधिको समयमा ‘नो क्याप्सन’ भन्दै नेकपा एमालेका तर्फबाट पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार भएका कृष्ण थापाको तस्विर पोष्ट्याएकी थिईन् ।
यो विषयमा पत्रकारहरुले सामाजिक सञ्जालमा विरोध जनाएपछि गल्ति स्वीकार गर्नुको साटो सदस्य भण्डारीले सबैलाई झुक्याउने काम गरिन् । अर्कै तस्विर परेछ भनेर आममानिसलाई मुर्ख बनाउने प्रयास गरे पनि उनी असफल भईन् । जब कि त्यो पोष्टमा उनले मेयरका उम्मेदवार कृष्ण थापा र पत्रकार निर्मला शर्मालाई समेत ट्याग गर्न भ्याएकी थिईन् ।
प्रेस काउन्सिलका अध्यक्ष एमालेकै भएका कारण सदस्य भण्डारीले जति आचारसंहिता उल्लंघन गरेपनि उनीमाथि उजुरी पर्दा समेत कारवाही हुन सकेको छैन । जसको फाईदा उठाउँदै उल्टै पत्रकारलाई सदस्य भण्डारीले थर्काउने र मनपरी भन्दै आईरहेकी छिन् ।
ओली सरकारको बेलामा कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठलाई हटाएर अध्यक्षका रुपमा भण्डारीलाई नियुक्त गरेको थियो । तर सर्वोच्च अदालतमा यस विषयमा रिट परेपछि भण्डारी अध्यक्षबाट पदच्यूत भएकी थिईन् ।
(अन्तर्वार्ताका क्रममा प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले रातको समयमा पत्रकार अनिशा श्रेष्ठलाई धम्क्याउँदै बोलेको भिडियो डन न्यूजसँग सुरक्षित छ ।)
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल