
१महान्यायाधिवक्ता सविता भण्डारीको हर्कतहरु, ७ अर्ब रुपैयाँको राजश्व छलिमा वर्ल्डलिंकलाई क्लिन चिट
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३पाल्पामा टिप्पर दुर्घटना, चारजनाको मृत्यु
४चैत १३ मा प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
५मक्किएको काँग्रेसलाई बचाउन खोज्दा खोज्दैं आफैं ढले गगन थापा, दिए सभापति पदबाट राजीनामा
६पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा ५५ मध्ये ३४ जना प्रतिवादी उपस्थित
७मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दुईजना मानिस पक्राउ
८ढोरपाटनमा दादुरा प्रकोप, ३० जना अझै अस्पतालमा, नियन्त्रणका लागि खोप अभियान
९जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
१०तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
११राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
१२मनकामना दर्शन गरेर फर्किएका भारतीय सवार माइक्रो बस गोरखामा दुर्घटना हुँदा ७ जनाको मृत्यु
१तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
२राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
३‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
४जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
६धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
७बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
८आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
११कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
१२चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
निर्वाचनको समयमा आचारसंहिता पालना भए नभएको अनुगमन गर्ने क्रममा दुर्गा भण्डारी आफैंले पटक–पटक आचारसंहिता उल्लंघन गर्दै आईरहेकी थिईन् । सोही विषयमा प्रश्न उठेपछि जवाफ दिन नसक्दा प्रेस काउन्सिलकी सदस्य भण्डारी झोक्किदैं अन्तर्वार्ता नै विच मैं छाडेर पत्रकार अनिशा श्रेष्ठलाई तथानाम भन्दै हिडेकी थिईन् ।
पोखरा, ६ जेठ । प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीलाई कारवाही गर्न पत्रकार अनिशा श्रेष्ठले माग गरेकी छिन् । पत्रकारलाई हतोत्साही बनाउने र गैरजिम्मेवारपूर्ण ढंगले व्यक्तिगत रुपमा आक्षेप लगाउने गरी सार्वजनिकस्थलमा दिएको अभिव्यक्तिका विरुद्धमा पत्रकार श्रेष्ठले नेपाल पत्रकार महासंघ कास्की समक्ष कारवाहीको माग गरेकी हुन् ।
हिजो बिहीबार राती मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा रहेको मिडिया सेन्टरमा प्रेस काउन्सिलकी सदस्य भण्डारीसँग सिटी वान टेलिभिजनका प्रस्तोता श्रेष्ठले अन्तर्वार्ता लिईरहँदा सो घटना भएको हो । अन्तर्वार्ताका क्रममा निर्वाचन आचारसंहिता उल्लंघनका घटनामा प्रश्न गर्दा उत्तर दिन नसकेपछि प्रेस काउन्सिलकी सदस्य भण्डारीले झोक्किएर क्यामरा फ्रेमबाट बाहिरिदैं पत्रकार श्रेष्ठलाई व्यक्तिगत रुपमा आक्षेप लगाउने खालका अभिव्यक्तिहरु दिएकी हुन् ।

निर्वाचन अधिकृतको कार्यालय पोखरामा रहेको मिडिया सेन्टरमा प्रेस काउन्सिलकी सदस्य भण्डारीसँग सिटी वान टेलिभिजनका प्रस्तोता अनिशा श्रेष्ठले अन्तर्वार्ता लिदैं गर्दाको तस्विर । सोही अन्तर्वार्ताका क्रममा पत्रकार श्रेष्ठले भण्डारीलाई तपाईले नै निर्वाचनका समयमा आचारसंहिता उल्लंघन गरेको आरोप छ नि, के भन्नु हुन्छ ? भनेर सोधेकी थिईन् । यसको जवाफ दिन नसकेपछि अन्तर्वार्ता नै बिचमा छाडेर रिसाउँदै भण्डारी हिडेकी हुन् । तस्विर : डन न्यूज
सञ्चारिका समूह गण्डकी प्रदेशको महासचिव समेत रहेकी श्रेष्ठलाई भण्डारीले तिमीलाई सञ्चारिकाको महासचिव मैले बनाइदिएको हो, कांग्रेसले जित्यो भन्दैमा कोही फुरफुर नभए हुन्छ, कोबाट परिचालित हो भन्ने सबै थाहा छ’ भन्दै हकारेकी थिईन् । पत्रकार श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रेस काउन्सिलकी सदस्य भण्डारीलाई कारवाहीको माग गरेकी हुन् ।
निर्वाचनको समयमा आचारसंहिता पालना भए नभएको अनुगमन गर्ने क्रममा भण्डारी आफैंले पटक–पटक आचारसंहिता उल्लंघन गर्दै आईरहेकी थिईन् । सोही विषयमा प्रश्न उठेपछि जवाफ दिन नसक्दा प्रेस काउन्सिलकी सदस्य भण्डारी झोक्किदैं अन्तर्वार्ता नै विच मैं छाडेर हिडेकी हुन् ।

प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारी जो एमालेकी कट्टर कार्यकर्ता पनि हुन्, उनले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै यो लेख प्रकाशित गरेकी थिईन् । जहाँ एमालेलाई भोट मागिएको थियो । यस्तै दर्जनौं गल्तीहरुका विषयमा पत्रकारहरुले प्रश्न सोधेपछि जवाफ दिन नसकेर उनी झोक्किएकी हुन् ।
यस अघि पनि निर्वाचन कार्यालय पोखराले एक होटलमा आयोजना गरेको गोष्ठीमा आचारसंहिता बारे उपदेश दिन खोज्दा भण्डारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका आधा दर्जन भन्दा बढि स्टाटसहरु देखाउँदै पोखराका पत्रकारहरुले सोही कार्यक्रममा सबैका अगाडि एक एक गरी प्रश्न गरेका थिए । त्यस दिन पनि उनले आचारसंहिता पालना सम्बन्धमा आफूले गरेका गल्तिहरुका बारेमा पत्रकारहरुले उठाएको प्रश्नको जवाफ दिन सकिनन् ।
राजनीतिक नियुक्तका कारण सदस्य बनेकी उनीलाई पत्रकारिता र निर्वाचन आचारसंहिताको बारेमा नै राम्रोसँग ज्ञान नभएको भन्दै पत्रकारहरुले चर्को विरोध गरेका थिए । माईती झापा भएकी भण्डारीलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा भक्तिभजन र स्तुतीगान गर्दै विभिन्न पत्रपत्रिकाहरुमा लेख लेखे वापत प्रेस काउन्सिलमा राजनीतिक नियुक्ति गरिएको जानकारहरु नै बताउँछन् ।

प्रेस काउन्सिल नेपाल कैं सदस्य रहेकी दुर्गा भण्डारीले मौंन अवधिमा पोखरा महानगरपालिकाका मेयरका दावेदार कृष्ण थापाका लागि यसरी भोट मागेकी थिईन् । जसको विरोध पोखराका पत्रकारहरुले गरेका थिए ।
यो घटनाका विषयमा प्रेस काउन्सिलकी सदस्य भण्डारीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकी छिन्- ‘मलाई सिटी वान टेलिभिजनकी बहिनी अनिसा श्रेष्ठले पत्रकार आचारसंहिताको बारेमा भन्दिनु पर्याे भनेर बुम तेर्साइन र प्रहरीले झै केरकार गरेर पत्रकार आचार संहिता मलै उलंघन गरेको छु भनेर कबुल गर्न लगाए पछि मैले बोल्न नचाहेको हो । कसैलाई जबरजस्ती अपराधी बनाउन खोज्ने त्यस्ता संचाकर्मीले कसैको अनुमति बेगर भिडियो खिच्ने फोटो खिच्ने काम गर्नु अझ मिडिया कै नियामक निकायको सदस्य माथी नियोजित ढंगबाट चरित्र हत्या गर्न खोज्नेले अरु आम नागरिकलाई छोड्लान् त ?’
नेकपा एमालेकी कट्टर कार्यकर्ता तथा कानुन व्यवसायी भण्डारीले आफ्नै नाममा ढोरपाटन दैनिकमा एक लेख लेख्दै नेकपा एमालेलाई भोट मागेकी थिईन् । त्यसपछि मौन अवधिको समयमा ‘नो क्याप्सन’ भन्दै नेकपा एमालेका तर्फबाट पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार भएका कृष्ण थापाको तस्विर पोष्ट्याएकी थिईन् ।
यो विषयमा पत्रकारहरुले सामाजिक सञ्जालमा विरोध जनाएपछि गल्ति स्वीकार गर्नुको साटो सदस्य भण्डारीले सबैलाई झुक्याउने काम गरिन् । अर्कै तस्विर परेछ भनेर आममानिसलाई मुर्ख बनाउने प्रयास गरे पनि उनी असफल भईन् । जब कि त्यो पोष्टमा उनले मेयरका उम्मेदवार कृष्ण थापा र पत्रकार निर्मला शर्मालाई समेत ट्याग गर्न भ्याएकी थिईन् ।
प्रेस काउन्सिलका अध्यक्ष एमालेकै भएका कारण सदस्य भण्डारीले जति आचारसंहिता उल्लंघन गरेपनि उनीमाथि उजुरी पर्दा समेत कारवाही हुन सकेको छैन । जसको फाईदा उठाउँदै उल्टै पत्रकारलाई सदस्य भण्डारीले थर्काउने र मनपरी भन्दै आईरहेकी छिन् ।
ओली सरकारको बेलामा कार्यवाहक अध्यक्ष रहेका किशोर श्रेष्ठलाई हटाएर अध्यक्षका रुपमा भण्डारीलाई नियुक्त गरेको थियो । तर सर्वोच्च अदालतमा यस विषयमा रिट परेपछि भण्डारी अध्यक्षबाट पदच्यूत भएकी थिईन् ।
(अन्तर्वार्ताका क्रममा प्रेस काउन्सिल नेपालकी सदस्य दुर्गा भण्डारीले रातको समयमा पत्रकार अनिशा श्रेष्ठलाई धम्क्याउँदै बोलेको भिडियो डन न्यूजसँग सुरक्षित छ ।)
१तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
२राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
३‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
४जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
५बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन